कम्युनिटी सपोर्ट ग्रुग, नेपालको आयोजना नेपाल सहभागिमूलक कार्य समूह (नेपान) को सहकार्य तथा हेल्पएज इन्टरनेशनलको साझेदारीमा बिपद् उत्थानशिलता का लागि ज्येष्ठ नागरिकहरुको सहभागिता परियोजनाको जिल्ला स्तरीय प्रारम्भिक बैठक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले परियोजनाको उद्देश्य र गतिविधि निकै आकर्शक र नयाँ आयाम दिने खालका भएको ले यसको कार्यान्वयनमा विशेष जोड दिनु पर्ने बताए । कार्यक्रममा एकिकृत नेकपा माओवादीका विश्वप्रकास लामिछानेले मानविय सहयोगका गतिविधिहरु गाउँगाउँसम्म पु¥याई ज्येष्ठ नागरिक मैत्रि बनाउनु पर्नेमा जोड दिए । कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थियो भने परियोजनाको बारेमा सि.एस.जि.का कार्यक्रम व्यवस्थापक लाल गुरुङ, हेल्पएज इन्टरनेशनलको योजनार कार्यक्रमको बारेमा कार्यक्रम अधिकृत भेषराज पराजुली र जिविको पार्जन सम्बन्धि गतिविधिहरुको बारेमा नेपान कास्कीका संयोजक विनोद प्रसाद त्रिपाठीले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमका विपद्मा ज्येष्ठ नागरिक नागरिक बढि जोखीमा हुने भएकाले उनीहरुलाई सुरक्षाको लागि सजगता अपनाउन आबश्यक रहेको भन्दै उनीहरुको अनुभबलाई परिचालन गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए । कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समिति नेपालका सचिव बिष्णु भण्डारी, पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्त केशव पराजुली, ज्येष्ठ नागरिक सरोकार समितिका प्रवक्ता नारायण सुवेदीले बोलेका थिए ।
स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कम्युनिटी सपोर्ट ग्रुप, नेपालका परियोजना संयोजक सुमेरु त्रिपाठीले गरेकी थिईन् ।

Post a Comment