0
माया फाउन्डेशन सर्कलका विद्यालयहरुमा कार्यरत विज्ञान तथा सामाजिक विषयका शिक्षकहरुको लागि सहकार्यमा आधारित सिकाई विषयमा एक दिने कार्यशाला तालिम सम्पन्न भएको छ । नौडाँडा स्थित श्री सृजना मा.वि. सिम्पालीको आतिथ्यतामा फाउन्डेशन सर्कलका सातवटा विद्यालयका २० जना शिक्षक शिक्षिकाको सहभागिता भएको तालिममा हल्याण्ड स्थित हान विश्वविद्यालयका विद्यार्थी शिक्षकद्वय राए भान ताइल र माक्स फाटोरेको प्रमुख प्रस्तुति तथा उक्त विश्वविद्यालयका प्रा. द्वय हेनरी र माक्रीतको विशेष सहकार्य रहेको तालिम संयोजक प्रेम बहादुर कुँवरले बताए । तालिमको मुख्य विषयवस्तु परिवर्तित समयमा समय सापेक्ष हुने गरी विभिन्न पाँच वटा पद्धतिको प्रयोग गर्दै विद्यार्थीहरुलाई बढि भन्दा बढि सहभागी गराउन र सिकाई उपलब्धी अधिक बनाउन आजको तालिमले आफूलाई अन्तर दृष्टि दिएको बाल प्रभातका गंगाराम पौडेलले सुनाए । विगत एकदशक देखि यता माया फाउन्डेशनले आफ्ना सर्कलका दश बढी विद्यालयमा विद्यालय केन्द्रित सहयोगका साथै विविध शिक्षक तालिम दिंदै आइरहेको र आगामी बैशाख १७ गते बिहीबार अंग्रेजी विषयका शिक्षकहरुलाई इंलिस सिम्फोसियम तालिम सेराचौर स्थित श्री दुर्गा भवानी आदर्श नि.मा.वि मा हुने बताइन्छ ।

Post a Comment

 
Top