यतिबेला बागमती सफाइ अभियान र सरकारी प्रतिवद्धताको चर्चा निकै छ । सबैंभरि राजनीतिक झगडामा अल्झिएका दलका नेताहरु समेत अभियानमा सहभागी थिए । सफाइ अभियानको सय हप्ता पुगेको अवसरमा आयोजित गोकर्णदेखि चोभारसम्मको २८ किलोमिटर बागमतीको दुईतर्फ गरी ५६ किलोमिटर मानव साङ्लो अभियानमा मानिसहरुको सहभागिता साँच्चिकै गर्व गर्नलायक थियो । राजनीतिबाहेक कुनै पनि सामाजिक अभियानमा यति धेरै मानिस एकैसाथ सडकमा ओर्लिएर देखाएको यो उपस्थिति सामान्य होइन । अभियानमा प्रधानमन्त्री, सभामुख, प्रमुख दलका शीर्ष नेतादेखि सरकारी उच्च ओहदामा रहेका व्यक्तिहरुसहित हजारौंको सहभागितामा भएको बागमती सफाइ अभियानले आम जनतामा सकारात्मक सन्देश प्रबाह गरेको छ । यसैगरी सबै वर्ग, सबै पार्टी र सबै समुदायका व्यक्तिहरुको स्वस्र्फूत सहभागिता हुन सके जस्तोसुकै कठिन काम पनि सफल पार्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ । बागमती सफाइ अभियानमा सबैजसो दलका शीर्ष नेतृत्व त्यहाँ पुगे । प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी गर्ने दृढता त्यहाँ पनि दोहो¥याउनुभयो । उहाँले यी कुरा त्यहाँ दोहो¥याउनु मात्रै भएन हिमाल, पहाड, तराई, महिला, आदिबासी, जनजाति सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुने भन्दै ढुक्क हुन आम जनतालाई आग्रह समेत गर्नुभयो । सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई एकताका साथ अघि बढाउन बागमती सफाइ महाअभियानले बल पु¥याउने आशा व्यक्त गर्नुभयो । सभामुखले बागमती सफा गर्न निमिर्म मानव साङ्लो जस्तै संविधान निर्माणका लागि दलहरुलाई एकजुट हुन आग्रह गर्नुभयो । सफाइ अभियानकै दौरान नेताहरुका यी बोली साँच्चिकै व्यवहारमा देख्न पाइएला भन्ने कुरामा विश्वस्त हुने ठाउँ अझै देखिएको छैन । किनभने आम मान्छेले बुझ्ने गरी अविश्वास, स्वार्थ, धोकाधडी, सिर्फ कुर्सीको दौड, सत्ता प्राप्तिको भ¥याङ मात्रै प्रतीत हुने गरी राजनीतिमा फोहर, दुर्गन्ध भित्रिसकेको छ । फोहरी मानसिकताका यी डंगुरबीच राजनीति जनताको राज्यसत्ता स्थापित गर्ने माध्यम पनि हो भन्ने कुरा बिसिर्सा मुलुकले नपाउनु दुःख पाइरहेको छ । संविधानसभामार्फत नयाँ संविधान लेख्ने सपना बोकेर आन्दोलन गरेका दलहरु अहिले दुई धु्रवमा विभाजित भएका छन् । आधा शक्ति आन्दोलनका उपलब्धि गुम्ने अवस्था देखिएको भन्दै फेरि आन्दोलनमा पुगेको छ भने आधा शक्ति सत्तामा पुगेर राजनीतिक संकट निकासको आधारभूत मूल्यहरुप्रति नै धावा बोलिरहेको छ । आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सामूहिक जिम्मेवारीलाई चौबाटोमा अलपत्र पारेर एक अर्कामा चोर औंला देखाइरहेका छन् । संविधान निर्माणमा समस्या भनेको दलीय नियत ठीक नहुनु नै हो । राजनीतिक संकट निकासमा अलमलको यो अवस्थाको अब अन्त्य हुनुपर्छ । बागमती सफाइमा एक भएका दलहरुले राजनीतिभित्रका दुर्गन्ध सफाइमा पनि एक हुनुपर्छ । सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुन्छ भनेर भाषण गर्ने प्रधानमन्त्रीले सो अनुकूल वातावरण तयार गर्न पहल गर्न ढिलो गर्नुहुन्न । प्रधानमन्त्रीको भाषणले मात्रै सहमति हुने भए उहिल्यै सहमति भइसक्थ्यो । त्यसैले अब खोक्रो भाषणको होइन, सहमति निर्माण गर्ने वातावरण बनाउने कुरामा परिणाममुखी पहलको आवश्यकता छ । आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बागमती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा देखिनुपर्छ । यो एकताको सन्देश संविधान लेखनका लागि बनेको जनताले देख्न चाहिरहेका छन् । सिंगो देशलाई नै एक ठाउँमा ल्याउन सक्ने गरी सरकारले आह्वान गरेको बागमती सफाइ महाअभियान जस्तै साझा अभियान संविधान लेखनमा पनि आवश्यक छ । सकारात्मक पहल भए जनताले सहजै साथ दिन्छन् भन्ने कुरा पनि यो सफाइ अभियानले देखाएको छ । बागमती सफाइ अभियानजस्तै संविधान बनाउने अभियानमा सरकार तथा राजनीतिक दलहरु छलकपटरहित अभियानमा लाग्न आवश्यक छ । प्रतिवद्धतामात्र गर्ने तर काम नगर्ने पुरानै प्रवृत्तिले बागमती जस्तै राजनीति पनि प्रदुषित भइरहनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment