0
Bandaकाठमाडौ, चैत्र २४ - नख्खिपोट बस्ने निरज बानियाँ मङगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा काकाका छोरालाई विदेश पठाउन छाड्न गएका थिए । बिहान साढे ४ बजे एयरपोर्ट छाडेर सोझै घर र्फकंदै थिए । उनी बालकुमारी पुग्दा सडक किनारमा उभिएका दुई युवाले ट्याक्सी रोक्न हात दिए । उनले आफ्नै बाटोमा पर्ने भए लिएर जाने सोच बनाए । चालकको सिटमा बसेका उनले झ्याल तिर टाउको निकाल्दै कहाँ जाने भनेर सोधे । ति युवाले 'पाटन अस्पताल जाने हो दाइ, मिलाएर लैजानु है' भने । 

 बानियाँले घर छेउको अस्पताल भन्दै लिएर जान तयार भए । एउटा चालक सिटको पछाडीको ढोकाबाट भित्र छिर्‍र्यो । साथै रहेको अर्को पछाडीबाट घुमेर आयो । 'म गाडी स्टार्ट गरेर बसेको थिएँ' उनले भने 'पछाडीबाट आएको ब्यक्ति सिटमा आईपुग्न नपाउँदै मिनरल वाटरको बोत्तलमा ल्याएको मट्टीतेल हालेर ट्याक्सी जलाइदिए । बाँनियाले पछाडीको सिटमा बसेको ब्यक्ति निस्किएको समेत थाहा पाएनन् । 'अचानक आगो लाग्दा म ट्याक्सी भित्रै थिएँ, सिट बेल्ट नबाँधेको हुनाले निस्किएर भाग्न सफल भएँ' उनले भने 'मेरो लाईसेन्स, बिलबुक र नगद ट्याक्सी संगै डढे ।' उनले मोबाइल फोन समेत झिक्न भ्याएनन् । उनको टाउकोको कपाल केहि मात्रामा जलेको छ । बा१ज१८७७ नम्बरको ट्याक्सी बानियाँले केहि समय अघि ऋण लिएर खरिद गरेका थिए । छोराछोरी पाल्ने, पढाउने  घर खर्च चलाउने र ट्याक्सीको ऋण तिर्ने एउटै आधार माओवादी बन्दको आगोले खरानी बनायो ।
ट्याक्सीमा आगो लागेको खबर पाएर महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका नायब उपरिक्षक (डीएसपी) दानबहादुर कार्की घटनास्थल पुग्दा ट्याक्सी हर्वारहवार्ती बलेको थियो । 'निभाउन सक्ने उपाय नै थिएन' उनले भने 'बानियाँ बेलैमा बाहिर निस्कन नसकेको भए ज्यानै जान्थ्यो ।' कार्कीका अनुसार यो घटना बिहान पाउने ५ बजे भएको हो । बानियाँकी श्रीमतीले ट्याक्सीको क्षतिपुर्ति नदिई ट्याक्सी लैजान नदिने अडान राखेकी थिईन् । श्रीमान ट्याक्सी भित्रै रहेका बेला आगलागी भएको थाहा पाएपछि अत्तालिदैं आईपुगेकी उनले नेताहरु आपै+mले बन्द गरेर आफू गाडीमा चढै आन्दोलनमा गएको भन्दै आक्रोश ब्यक्त गरिन् । 'नेताहरु चाँही गाडीमा हिड्ने अनि हामी सर्वासधारणको ट्याक्सीमा मान्छे सहित आगो लगाउने' उनले भनिन् 'हामीलाई न्याय चाहियो ।' प्रहरीले ति महिलालाई संझाएर ट्याक्सी सडकबाट हटाएको छ । एकिकृत माओवादी र नेकपा-माओवादीले यसअघि गरेको आन्दोलनमा समेत सर्वसाधारणको ट्याक्सी जलाइदिएका थिए । माघ ६ गते ललितपुरको ठाडेढुङगामा एकाबिहानै ग्राहक खोज्न बसेका धर्म मगरको ट्याक्सीम उनलाई भित्रै राखेर आन्दोलनकारीले आगो लगाइदिएका थिए । उनी त बाहिर निस्किए, तर ट्याक्सी खरानी भएको थियो । 
                                                                                                                                     श्रोत ः इकान्तिपुर

Post a Comment

 
Top