राजाराम पौडेल/गोल्डेन
पोखरा २१ चैत ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा कोही पनि मदन भण्डारी जस्तो नेता नरहेको बताएका छन् । युवा संघ नेपाल कास्कीको शनिबार पोखरामा सम्पन्न असन्तुष्ट पक्षहरुको जिल्लास्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले हाल नेतृत्वमा रहेका नेता एक ठाउँमा उभिए एउटा मदन भण्डारी भने बन्न सक्ने तर्क गरे । एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले एमालेलाइ कमजोर पार्न केही शक्ति सक्रिय रहेको दावी गरे ।

‘एमालेका सत्रु धेरै र मित्र थोरै छन्’उनले भने–‘मित्रहरुबीच एकता गर्न सकियो भने एमालेले जस्तोसुकै समस्याको समाधान गर्न सक्छ ।’ पार्टीभित्र गुट हुने र त्यो कहिल्यै नसकिने भन्दै उनले राम्रो काम गर्ने व्यक्तिलाई भने गुटले कुनै असर नगर्ने भनाई राखे । एमाले पार्टी विभाजनको कारण माओवादी र कांग्रेसलाई फाइदा पुगेको भन्दै देशको वर्तमान परिस्थितिमा सही नेतृत्व गर्न सक्ने एकमात्र पार्टी एमाले भएको नेता भट्टराइले ठोकुवा गरे । हाल मधेश र पहाडको नाउँमा नाउँमा देशलाई विभाजन गर्न खोजिएको भन्दै उनले मधेशलाई पहाडबाट कुनै हालतमा छुट्याउन नसकिने प्रष्ट पारे । युवा संघ भित्रको विवाद अभिभावकको हैसियतले पार्टीको नेतृत्वले समाधान गर्ने विश्वास उनको थियो । एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले युवासंघको अभियानमा आफूले ऐक्यवद्धता जनाएको बताइन् ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशन बाट गरेका महत्वपूर्ण निर्णयहरुको कार्यान्वयनमा ढिलाइ भएको भन्दै उनले अहिलेको परिस्थितिमा एमालेको चट्टानी अडान मुलुकका लागि आवश्यक रहेको बताइन । उनले राप्रपा, माओवादी, मधेशी तथा पूर्वका लिम्बुवान र खुम्बुवानको छुट्टा–छुट्टै एकताले राष्ट्रियता कमजोर भएको दावी गरिन् । पार्टीले क्रियाशिलता र क्षमताको आधारमा सक्षम व्यक्तिलाई उचित भूमिका दिनुपर्ने नेतृ झाँक्रीको भनाई थियो । पार्टीको जनसंगठनलाई चराकोे पंखेटासंग तुलना गर्दै उनले जसरी पंखेटा कमजोर भयो भने चरा उड्न सक्दैनन् त्यसरिनै जनसंगठन कमजोर भए पार्टी स्वतः कमजोर हुने भएकोले युवासंघको विवाद तत्काल समाधान गर्नुपर्नेमा जोड दिइन । युवा संघकी केन्द्रीय उपाध्यक्ष दिल कुमारी पन्तले गत माघ २१ गते संगठनभित्र ऐतिहासिक घटना घटेकोले संवृद्ध युवा अभियान सञ्चालन गर्नु परेको स्पष्ट पारिन् । ‘एमाले कुनै व्यक्तिले दाइजोमा ल्याएको पाटी होइन’ उनले भनिन् –‘विधि र विधान मिच्दा टुलुटुलु हेरेर बस्न सकिएन’ ।
युवा संघको वैचारिक साँगठनिक रुपान्तरण अभियानको संयोजक समेत रहेकी पन्तले पार्टीभित्र बसेरनै समस्याको समाधान गर्न आफूहरुले चाहेको भएपनि नेतृत्वले विधान विपरीत कार्यहरु गर्न नरोकेकोले युवासंघलाई बचाउन आफूले अभियान संचालन गरेको उनको भनाई थियो । यो अभियान नेपालका ७५ जिल्लामा संचालन गरिने भन्दै अभियानले एमालेलाई पहिलो पार्टी बन्न सहयोग पु¥याउने दावी उनले गरिन् । युवासंघ कास्कीका उपाध्यक्ष एवं भेला आयोजक समितिका संयोजक पसबहादुर बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संघ केन्द्रीय कमिटीका सचिवहरु, हस्तबहादुर शाही, अशोक चन्द्र, नरेश शाही, केन्द्रीय सचिवालय सदस्य दीपक घिमिरे विश्वकर्मा, युवा संघ कास्की कोषाध्यक्ष दीपक लामिछाने, सदस्य देश केसी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैबीच युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले यसरी विशेष भेला आयोजना गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । गोल्डेन न्यूज राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै उनले संगठनको नीति र पद्धतिलाई कुल्चेर संगठनलाई कमजोर पार्नेलाई संगठनले कारवाही गर्ने बताएका छन् । १ सय ११ सदस्यीय जिल्ला कमिटी रहेको युवा संघ कास्कीमा संस्थापन तर्फ झण्डै ९५ सदस्य रहेको दावी उनले गरे । संस्थापन पक्षको दावी भन्दा बढी सदस्य आफूहरुको पक्षमा रहेको असन्तुष्ट पक्षको दावी छ ।

Post a Comment