0
पोखरामा रहेको बसन्त नर्सरीले शुक्रबारबाट बाटुलेचौरमा रहेको बसन्त नर्सरीमा नै २२ गतेसम्म बसन्त पुष्प व्यापार मेला २०७१ आयोजना गर्ने भएको छ । बिहीबार पोखरामा एक कार्यक्रमको आयोजना गरी आयोजकले बसन्त पुष्प व्यापार मेलाको तयारी पुरा भएको समेत जानकारी दिएको हो । ३ दिनसम्म चल्ने उक्त मेला फुलका विभिन्न प्रकार सर्वसाधारणलाई चिनाउने, सर्वसाधारणलाई फुल प्रयोगका लागि हौसला प्रदान गर्ने, संरक्षणको विधि सिकाउने तथा फूलको उपयोगिता बुझाउने उद्देश्यले आयोजना गर्न लागिएको बसन्त नर्सरीका सञ्चालक बसन्त बानियाँले जानकारी दिएका छन् । मेलामा फूलका बिउ, बिरुवाहरु सहुलियत दरमा बिक्री गर्नुका साथै ठूलो परिणाममा पूल किन्दा घरमा नै पु¥याइदिने व्यवस्था समेत गरिएको नर्सरीका सञ्चालक तथा मेला आयोजक बानियाँले जानकारी दिएका छन् । बसन्त नर्सरी पोखरामा स्थापित भएको झण्डै २ दशक भइसकेको छ । २ दशकको अवधिमा नर्सरीमा अहिले ३ सय प्रजातिका फूल र बनस्पति रहेका छन् । नेपालको वनजंगलमा पाइने सुन्दर सुनाखरी वर्णंकर सुनाखरी (अर्कड) देखि सिजनल फूलहरुको संग्रह रहेको छ । बसन्त नर्सरी कै पहलमा फूलमा प्रयोग हुने झोल तथा धुलो मलको प्रयोग गर्न सुरुवात गरिएको समेत कार्यक्रममा बानियाँले बताएका छन् । जापानीज प्रविधिबाट उत्पादित उक्त मल फूलमा मात्र नभएर करेसाबारीमा समेत प्रयोग गर्न सकिने बानियाँको भनाई रहेको छ । जापानीज् पैविधिबाट उत्पादित उक्त मल प्राङ्गारिक रहेको र यसले मानव स्वास्थ्य, वातावरण तथा माटौलाइृ नबिगारेर उत्पादनमा बृद्धि गराउने समेत बानियाँले कार्यक्रममा जानकारी दिएका छन्

Post a Comment

 
Top