गोल्डेन न्यूज संवाददाता
पोखरा २७ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीद्वारा घूस लिएको आरोपमा रङ्गेहात पक्राउ गरिएका पोखरा उपमहानगरपालिकाका नायव सुब्बा भरतराज पौडेल २४ घण्टा नपुग्दै छुटेका छन् । उनी साधारण तारेखमा र नियमानुसारको सामान्य धरौटी राखेर छुटेका हुन् ।
पोखरा १८ बस्ने नेपालभूषण थापाको श्रीमान–श्रीमतीबीचको सम्बन्ध विच्छेद मुद्धाको फाइल अघि बढाउन थापासंग १० हजार रुपैयाँ घूस लिएको आरोपमा नासु पौडेल बिहीबार दिउसो कार्यालयबाटै पक्राउ परेका थिए । बिहीबार अख्तियारको टोलीले नासु पौडेललाई अख्तियारको क्षेत्रीय कार्यालय नयाँबजारमा राति ९ः३० बजेसम्म राखेपछि ठाउँ नभएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पठाएको थियो । त्यसपछि शुक्रबार बिहान ११ बजेतिर पुनः अख्तियारको कार्यालयमा ल्याइएका नासु पौडेल दिउसो ४ नबज्दै अख्तियारबाट मुक्त भएर घर पुगेका थिए ।
नेपालभूषण थापाले नासु पौडेललाई आफ्नो सम्बन्ध विच्छेदको फाइल छिटो अघि बढाउन १० हजार रुपैयाँ घूस दिने योजना बनाएर अख्तियारको टोली सहित अन्य केहीलाई खबर गरेर बिहीबार दिउसो नगरपालिका कार्यालय पुगेका थिए । त्यसपछि थापाले नासु पौडेलको टेवुलको घर्रामा पैसा राखेको तर त्यस बारेमा आफूलाई जानकारी नभएको गुनासो पौडेलको रहेको थियो । पौडेलले अख्तियारको कार्यालयमा पनि आफूलाई फँसाउन थापाले नियोजित ढङ्गले पैसा राखिदिएको बयान दिएको बताइन्छ ।
अख्तियारबाट छुटेर घरमा पुगेका पौडेलले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै थापाले व्यक्तिगत पूर्वाग्रह राखेर आफूलाई फँसाउन खोजेको र चरित्र हत्या गरेको आरोप लगाए । ‘पहिले नगरपालिकाले थापाको घर मापदण्ड नपुगेको भन्दै भत्काएको थियो । त्यतिबेलाको रिस समेत म माथि पोखे’–नासु पौडेलले भने । थापाको सम्बन्ध विच्छेद सम्बन्धी फाइल यहि बैशाख २१ गते १ वर्ष पुगेपछि राय सुझाव सहित अदालत पठाउने तयारी भएको अवस्थामा आफूलाई फँसाउन नियोजित तरिका अपनाइएको नासु पौडेलले गुनासो गरे । मुलुकी ऐनको लोग्ने–स्वास्नी महलमा श्रीमानले सम्बन्ध विच्छेद गर्न चाहेमा स्थानीय निकायले एक वर्षसम्म आवश्यक प्रयास गरी राय सुझाव सहित अदालत पठाउने व्यवस्था रहेको बताउन्दै नासु पौडेलले सोही अनुरुप काम भइरहेको अवस्थामा थापाबाट आफूलाई फँसाइएको बताए ।
यसैबीच पोखरा उप–महानगरपालिकाका नव आगन्तुक कार्यकारी अधिकृत उदयबहादुर राना मगरले कार्यालयका कर्मचारीहरुलाई सही ढङ्गले काम गर्न निर्देशन दिएका छन् । कर्मचारीहरुसंग पहिलो पटक परिचयात्मक कार्यक्रम राखेर राना मगरले शुक्रबार आफू दुई वर्षका लागिमात्र पोखराको कार्यकारी अधिकृत बनेर आएकोले पोखरा बनाउने र बिग्रन नदिने महत्वपूर्ण जिम्मेवारी कार्यालयमा काम गर्ने कर्मचारीको भएको उनले बताए । बिहीबार अख्तियारको टोलीद्वारा पक्राउ परेका नासु पौडेलप्रति लक्षित गर्दै रानामगरले केही सेवाग्राहीले कर्मचारीलाई फँसाउने नियत समेत राख्ने भएकोले सजग रहन र गलत क्रियाकलापमा नलाग्न कर्मचारीलाई निर्देशन दिए । परिचयात्मक कार्यक्रममा वरिष्ठ कानून अधिकृत नारायण शर्मा र वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment