0
पोखरा चिसाखोला वेद विद्याश्रम सराङ्गकोट २६, चिसाखोला आश्रममा राईपुर–७ तनहुँ निवासी खिमलाल÷भिमादेवी पौडेलले आफ्नो जीवनको उत्तराद्र्ध समयमा वेद विद्याश्रममा आएर तुलादान गरी विद्याश्रमका संरक्षक अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायलाई दान गरेका छन् । पौडेलले स्वास्थ्य संस्था फूलबारी सामुदायिक अस्पताल राईपुर–३ साँखेमा पनि सहयोग गरेको र वैदिक संस्कृत शिक्षा वेद पढ्ने विद्यार्थीहरुको शैक्षिक उन्नतिमा सहयोग पुगोस भनेर नै वैदिक सनातन धर्म तथा आध्यात्मिक कार्यमा सहयोग गर्नु प्रमुख उद्देश्य रहेको छ । शिक्षा सेवामा ३३ वर्ष सम्लग्न भई अनुभव गर्दा वैदिक संस्कृत शिक्षा नै महत्वपूर्ण शिक्षा रहेको र ज्ञान, विज्ञान त्यँहाबाट पाइन्छ भन्ने कुरा अनुभव प्राप्त गरेकाले यो वेद विद्याश्रममा सहयोग गर्न आएको बताए । उनले तुलादानको नगद  १ हजार ५ सय रुपैयाँ र विद्यार्थी भोजनका लागि खाद्य सामाग्री दान गर्दै आगामी दिनमा पनि निरन्तर दान सहयोग गर्ने वचन दिएका थिए । विद्याश्रमको प्रावधान अनुसार वैदिक विधिअनुसार स्वस्तिवाचन पढि तनहुँ निवासी पौडेलको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै विद्याश्रमका प्रमुख संरक्षक उपाध्यायले आशिर्वाद दिएका थिए ।

Post a Comment

 
Top