0

पोखरा २८ चैत ।नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकमाले खेलकुदका गतिविधि विना खेलकुदको विकास हुन नसक्ने बताएका छन् । खेलकुद महासंघ गण्डकीको शनिबार सम्पनन तेसे बैठकमा बोल्दै उनले खेलकुद र खेलाडिको विकासका लागी खेलकुदका गतिविधि आवश्यक रहेको बताए ।‘खेलकुदको विकासका लागी धेरै भन्दा धेरै प्रतियोगिता आवश्यक हुन्छ ।’उनले भने
उनले खेलकुद महासंघले लिएका लक्ष्य र उद्देश्यलाई पुरा गराउन विधि र प्रक्रियाबाट अगाडि बढनुपर्ने सुझाव दिदै खेलकुद महासंघ खेलकुदबाट टाढा हुदाँ खेलाडिको अपेक्षा पुरा हुन नसक्ने बताए । उनले पार्टीको विधि र विचारबाट निर्देशित भएर खेल र खेलाडिका पक्षमा ब्वयवस्थित तरीकाले काम गर्न सुझाव समेत दिए । उनले खेलकुद क्षेत्रमा राज्यले पनि लागानी गर्नुपर्ने र त्यसका लागी महासंघले अगुवाई गर्नुपर्ने विचार ब्यक्त गरे ।‘ खेलाडिको पक्षमा खेलकुद महासंघले आवाज बुलन्द गदै नेतृत्वदायी भुमिका निर्वाह गुर्नसक्नुपर्छ ।’ उनले भने
गण्डकी अञ्चल इन्चार्ज विश्वकर्माले महासंघलाई गतिशिल बनाउन गण्डकी अञ्चलका कमिटिहरुलाई चलायमान बनाउन आग्रह गदै जेठ मसान्तभित्र अधिवेशन गराउन निर्देशन समेत दिए । एमाले केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल सहइन्चार्ज मायानाथ अधिकारीले खेलकुदका विद्या धेरै भएपनि थोरै खेलले राष्टिय प्रतिष्ठा कायम गर्न सफल भएको बताउदै राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । खेलकुदलाई प्राथमिकता र लगानीका लागी दबाब दिन महासंघले अगुवाई र पहल गर्नुपर्नेमा जोड दिए । उनले संगठन चलाउदा विधि,नीति र नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीको नीति, विधि र विचारलाई आत्मसाथ गदै नेतृत्वलाइ स्वीकार गर्नुपर्छ नत्र काम गर्न कठिन हुन्छ ।’
खेलकुद महासंघ गण्डकीका इन्चार्ज खगराज पौडेललको अध्यक्षतामा सम्पन्न बैठकले जेठ मसान्तभित्र गण्डकी अञ्चल भित्रका जिल्लामा पार्टीको समन्वयमा अधिवेशन सम्पन्न गर्ने र मदनआश्रित स्मृति दिवसको अवसरमा खुल्ला साइक्लिङ प्रतियोगिता गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा हालै एमाले गण्डकी अञ्चल इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका जगत विक र मायानाथ अधिकारीलाई महासंघ तर्फबाट इन्चार्ज खगराज पौडेल र सहइन्चार्ज सिम गुरुङले खादा लगाएर स्वागत गरेका थिए । बैठकको संचालन सचिव देवेन्द्र बास्तोलाले गरेका थिए ।

Post a Comment

 
Top