जिल्ला विकास समिति कास्कीको वार्षिक कार्यक्रम अन्र्तगत आदिवासी जनजाति एवम महिलाका लागि १ महिने निःशुल्क लोक सेवा तयारी कक्षा शुरु भएको छ । तालिमको विहिबार क्षेत्रिय प्रशासक दिनेश कुमार थपालियाले उद्घाटन गरेकाथिए । उनले निजामति पेशामा तलवका लागि भन्दा पनि सेवाका लागि कार्य गर्नुपर्नेमा जोड दिए । उनले लक्ष्य हासिल गर्न सके मात्र तालिमको औचित्य रहेको बताए । आदिवासी जनजाति समन्वय समिति कास्की उपाध्यक्ष अशोकुमार भट्टचनले निजामति क्षेत्रमा आदिवासी जनजातिको पहुँच पुगे मात्र लक्ष्य हासिल गर्ने बताए ।
कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षता भएको कार्यक्रममा दलित समन्वय समिति कास्कीका उपाध्यक्ष दुर्गा बहादुर सुनार, महिला समन्वय समितिका उपाध्यक्ष तारा अधिकारी, अपाङगा समन्वय समितिका प्रेम परियार, महिला समन्वय समिति उपाध्यक्ष सिता अधिकारी, आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका सहसचिव भुपाल गुरुङ, जिल्ला विकास समिति लेखा अधिकृत जयलाल पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
तालिममा कास्की जिल्लाका ६० जनाको सहभागीता रहेको छ । तालिममा विहिबार कोष नियन्त्रक कार्यालयका केशव ढकालले प्रशिक्षित गराएका छन ।

Post a Comment