0
शीतलज्योति क्लबको गत फागुन १२ गते सम्पन्न दोस्रो साधारणसभा एवं प्रथम अधिवेशनद्वारा निर्वाचित नयाँ कार्यसमितिलाई बिहीबार सपथग्रहण गराइयो। क्लबका निवर्तमान अध्यक्ष ऋषवदेव बास्तोलाले क्लबका अध्यक्ष सुरज श्रेष्ठलगायत सम्पूर्ण सदस्यलाई सपथग्रहण गराएका थिए।अधिवेशनले सुरज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो।
सोही अवसरमा टीका कार्कीको संयाजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति पनि मनोनीत गरिएको छ। सल्लाहकारमा मनोनीज हुनेमा टीका कार्की, विमल बस्याल, डा. अनिल सुवेदी, लोकबहादुर गुरुङ, मीन गुरुङ, विष्णुकुमार श्रेष्ठ, भुवनप्रकाश आचार्य, मायादेवी तझ्या, गोकर्ण भण्डारी, डा. निर्मल लामिछाने, कविराज पौडेल, विनोद कार्की र शिव कार्की रहेका छन्। कार्यक्रममा उच्च शिक्षाको लागि अमेरिका जान लागेका क्लबका सदस्य एवं क्रिकेट खेलका कप्तान विवेक गुरुङलाई खादा लगाएर बिदाइ गरिएको थियो।
क्लबका अध्यक्ष सुरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सन्तोष गुरुङले स्वागत मन्तव्य र सचिव पूर्णबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

 
Top