अवैध लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराले विहिबार १५ लाख रुपैयाँ बराबरको अवैध लागुऔषध सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देहीको खजहना गाविस बस्ने ३९ वर्षीय हजरत अली मुसलमान, रुपन्देही सिद्धार्थ नगरपालिका–१०, शहिद पथ बस्ने ३६ वर्षीय निजामुद्धिन अहम्मद र सोही ठाउँ बस्ने बृजमोहन गिरीका साथै भारत बनारस लोटिया घर भई पोखरा १५ रामबजार बस्ने शिवकुमार बाँनिया रहेको गण्डकी अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक बलराम शर्मा पौडेलले बताएका छन् । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पोखराको बुद्धचोकबाट पक्राउ गरेको हो । पक्राउ गरिएका चारै जनालाई विहिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनीक गरेको छ । अली मुसलमान र अहम्मदको साथबाट नर्फिन ६ सय थान, डाईजापाम ५ सय ८० थान, फेनरागन ६ सय २० थान सहित लु १ च ५११७ नम्वरको अल्ट्रो नीजि कार बरामद गरेको छ । त्यस्तै बानियाको साथबाट नर्फिन ६० थान, डाईजापाम ६० थान र फेनरागन २० थान बराम गरेको गण्डकी अञ्चल प्रमुख पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । नीजि कारमा लुकाएर ल्याउदै गरेको १९ सय ४० थान अवैध लागुऔषध बरामद प्रहरी गर्न सफल भएको । बाँनियालाई प्रहरीले विहान सात बजे पक्राउ गरेपछि ठूलो परिमाणमा अवैध लागुऔषध भित्रिदै छ भन्ने जानकारी प्रहरीले पाएको थियो, सोही सुचनाका आधारमा ठूलो परिमाणमा लागुऔषध समात्न सफल भएको हो
Subscribe to:
Post Comments (Atom)
Post a Comment