पोखरा २६ चैत । युवा संघ नेपालका
केन्द्रीय कार्यबाहक अध्यक्ष सुर्य ढकालले पार्टी सचिव योगेश भट्टराईले
मान्छे बटुलेर गुटबन्दी गदै हिडेको आरोप लगाएका छन् । भट्टराईको जीवन नै
गुटबन्दीबाट सुरु भएको बताउदै उनले चार जना ब्यक्तिलाई च्यापेर गुटबन्दी
गदै हिडेको बताए । युवा संघ कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार
सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्षमा केपी ओली आएपछि गुटबन्दी अन्त्य
गदै मिलाए अगाडि बढेको अवस्थामा उनले अराजकता सृजना गर्न खोजेको बताए ।
‘पार्टीमा सवैलाई मिलाएर अगाडि बढेको अवस्थामा गुटबन्दी सफल नहुने देखिएपछि
चार जना मान्छे लिएर हिडेका छन् ।’
उनले युवा संघको विवाद विधि र प्रक्रियाबाट समाधान गर्ने पक्षमा आफुहरु रहेको बताए । विगतमा जस्तै पार्टी अध्यक्ष ओलीको बेला पनि विवाद छ भन्ने देखाउन युवा संघलाई प्रयोग गर्न खोजिएको कावा अध्यक्ष ढकालले दावी गरे । पार्टीको प्रवत्ता एवं प्रचार विभाग पं्रमुख रहेका भटराईलाई लगायतलाई कार्वाही गर्न आग्रह गरेको समेत उनले बताए । अराजकता फैलाउनेलाई कार्वाही गर्न पार्टी अध्यक्षसंग भनेका छौ उनले भने । समानान्तर काम भएको छ, पार्टीेले कारर्वाहीको विषयबस्तु बनाउनुपर्छ उनले भने पार्टीले आग्रह गरेको खण्डमा युवा संघको निर्णय २४ घण्टाभित्रै फिर्ता लिने बताए ।
‘कसैलाई छुट दिदैनौ, विधि र प्रक्रियामा
बसेर गरौ ।’ उनले अवको संघको नवौ महाधिवेशन पोखरामा गर्ने तयारी भैरहेको
बताए । उनले संघको आगामी अध्यक्षमा वर्तमान महासचिव राजीव पहारीलाई
सर्वसम्वत बनाउन प्रयास सुरु गरिएको बताए ।‘संघको नेतृत्व सर्वसम्वत बनाउन
पहल भैरहेको छ र चारै जना शिर्ष नेतासंग महासचिव पहारीलाई नेतृत्व दिनुपर्छ
भनेर कुरा भएको छ ।’महासचिव राजीव पहारीले सर्वसम्वत नेतृत्व हुने दावी
गरे । उनले वर्तमान पदाधिकारीहरु मध्य दिलुपन्त बाहेक अरुले दाबा नगरेकाले
सर्वसम्वत नेतृत्व चयन हुने दावी गरे । युवा संघ कास्कीका अध्यक्ष विष्ण्ुा
पुनले युवा संघ नेपाली युवा आन्दोलनको अग्रणी संगठन भएको बताए ।
यसैवीच सोही कार्यक्रममा युवा संघ
कास्कीले प्रकाशन गरेको नयाँ वर्ष २०७२ सालको क्यालेण्डर समेत विमोचन
गरिएको थियो । संघका काबा अध्यक्ष ढकाल र जिल्ला अध्यक्ष पुनले संयुक्त
रुपमा क्यालेण्डरेको विमोचन गरेका हुन् । कार्यक्रम युवा संघ कास्कीका
अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव
डिल्लिराम सुवेदीले गरेका थिए ।
Post a Comment