0
1-02031-1-FEWATAL-071-11_20150303125723पोखरा २० चैत । पोखराको फेवाताल पारी होटल संचालनको तयारी गरिरहेकी पोल्याण्डकी एक युवतीको शव एकसातापछि प्रहरीले फेवातालबाट निकालेको छ ।अघिल्लो बिहीबार साँझ फेवाताल पारीबाट अन्य तिन जना पुरुष साथी सहित आउने क्रममा चलेको हावाहुरीले २६ बर्षीय क्याट्रीजन नाम गरेकी युवती फेवातालमा डुबेर बेपत्ता भएकी थिईन् ।
डुङ्गामा सवार अन्य तिन जना पुरुष भने पौडी खेलेर पारी उत्रिएका थिए ।स्थानीयबासीले फेवातालमा तैरिरहेको अवस्थामा शव देखेपछि सशस्त्र प्रहरी बलको उद्वार टोलीले शुक्रबार उनको शव बाहिर निकालेको हो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।पोल्याण्डकै नागरिकको लगानीमा खुल्न लागेको युनिक टेण्ट भिल्ला नामक होटलमा ति युवती फाइनन्सियल म्यानेजर थिईन् ।

Post a Comment

 
Top