२५ सय ५९ औं बुद्ध जयन्ती समारोह समिति कास्कीले नौ दिन विविध कार्यक्रम गरी पोखरामा बुद्ध जयन्ती मनाउने भएको छ । बुद्ध जयन्ती समारोह समिति कास्कीले पोखराका क्रियाशील ५७ विभिन्न बौद्ध संघ संस्थाहरुको समन्वय गरी बैशाख १३ गतेदेखि गौतम बुद्धको जन्मेको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको तिथि बुद्धजयन्ती बैशाख २१ गतेसम्म विविध कार्यक्रम गरी मनाउने शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका कास्की अध्यक्ष नरेन्द्र लालचनले जानकारी दिए । बैशाख १३ गते अष्टमीका दिन पोखरा १६ दीपस्थित धेछेलिङ गुम्बाबाट बुद्ध जयन्ती कार्यक्रम शुभारम्भ र्याली शुरु भई अनदुस्थित विश्वशान्ति स्तुपमा पुगी पूजा गर्ने, १४ गते बृद्धाश्रममा भोजन तथा फलफुल दान, १५ गते गणचक्र पूजा र धर्मदेशना, १६ गते खाद्यान्न दान, धर्मदेशना, प्रवचन कार्यक्रम, सरसफाई कार्यक्रम, १७ गते भिक्षु शुभद्रको श्रद्धाञ्जली सभा, प्राणदान(माछा छत्तर), धर्मदेशना विभिन्न बौद्ध संघ संस्थाको आयोजना गरिने भएको छ । यसरी नै बैशाख १८ गते धर्मदेशना, विन्दवासिनी पार्कमा रक्तदान कार्यक्रम, १९ गते नदिपुरस्थित बालमन्दिरमा स्वास्थ्य शिविर, भोजन दान, निवन्ध प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र बौद्ध अर्घौं सदन परिसर सरसफाई, बैशाख २० गते धर्म संघ बुद्ध बिहारबाट धर्मशीला बुद्ध बिहारसम्म प्रभातफेरी र सरसफाई कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बुद्धको जन्म, ज्ञान प्राप्त र स्वर्गारोहणको तिथि बुद्ध पूर्णिमा बैशाख २१ गतेका बिहान पूजा, शिलप्रार्थना, धर्मदेशना, दान, बत्ति बाल्ने लगायतको विभिन्न गुम्बा, बिहार, चैत्यमा कार्यक्रमहरु गरिने भएको छ । यसरी नै उक्त विहान विशेष कार्यक्रमको रुपमा बौद्ध संघ संस्थाहरुको सहभागितामा सिद्धार्थ यशोधरा पार्क निर्माणस्थल काँहु डाडामा बोधीबृद्ध रोपण गरिने भएको छ । उक्त कार्यक्रमका लागि विहान ८ बजे पोखराबाट काँहु प्रस्थान गरिने पत्रकार सम्मेलनमा अध्यक्ष लालचनले जानकारी दिए । बुद्धजयन्तीको दिन नदिपुरस्थित धर्मशिला बुद्ध विहारबाट मध्यान्ह बाह्र बजे शान्ति पदयात्रा शुरु भई अपरान्ह एक बजे पोखरा सभागृहमा पुगी मूल समारोहमा परिणत हुने पत्रकार सम्मेलनमा बताइएको थियो ।पोखरामा २०१८ सालदेखि बुद्धजयन्ती मनाउन शुरु गरी २०६० सालमा धर्मशीला बुद्ध बिहारमा सामुहिक र २०६१ सालदेखि बुद्ध जयन्ती समारोह समिति कास्की गठन गरी संस्थागत ढंगले सामुहिक रुपमा मनाउँदै आएको २५ सय ५९ औ बुद्ध जयन्ती समारोह समिति कास्कीका सचिव गोविन्द ताम्राकारले जानकारी दिए । २५ सय ५९ औं बुद्ध जयन्ती समारोह समिति कास्कीका अध्यक्ष नरेन्द्र लालचनको अध्यक्षता, सचिव गोविन्द ताम्राकारको संचालनमा भएको कार्यक्रम भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment