तपाईको उम्मेदवारी किन ?
एनआरएनलाई विभिन्न वर्गहरु जस्तै विद्यार्थी, उच्चपदस्थ कर्मचारी, सामान्य मानिससँग पुर्याउनुपर्नेछ । म त्यो उद्देश्यका साथ चुनावी मैदानमा छु । तपाई सोध्नुहोला म मात्रै यस्तो उम्मेदवार हो जुन हरेक वर्गमा पुगेर समस्या समाधन गर्न सक्नुहुन्छ अरु उम्मेदवारले सक्नुहुन्न ? तर त्यसो होइन । सबैले अनुमानको भरमा यो गर्छु उ गर्छु भन्नुहुन्छ तर म अनुमानमा जान्न सबैभन्दा पहिलो मेरो के काम हुन्छ भने यी व्याख्या गरिएका वर्गहरुसँग हामी कसरी पुग्न सक्छौ भन्ने विषयको खोजीनिती गर्ने । र समस्या समाधनका लागि जनवर्गमा पुग्नु मेरो कर्म हुनेछ ।
चुनाव जित्ने आधार केके छन् तपाईंका ?
म स्वतन्त्र व्यक्तित्व हुँ । गैरआवसीय नेपाली संघमा अमेरिका आएदेखि मेरो सहभागिता छ । यहाँका विभिन्न नेपाली सामाजिक संस्थामा रहँदै आएको छु । मैले यहाँका नेपालीहरुका समस्यालाई मेरो क्षमताले भ्याएसम्म सकारात्मक रुपमा समाधान गर्न पहल गरेको छु । नेपालीहरुको सेवा गर्ने काम पनि गरिरहेको छु । अर्को कुरा म कुनै पनि समूहबाट प्राथमिकतामा छैन । म विशुद्ध आप्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्छु । नेपालका सम्पूर्ण राजनीतिक पार्टीका नेताहरुलाई हामी सम्मान गर्छाै । आदार गर्छाै तर, हामी आप्रवासीहरुलाई दलीय रङ नलगाइयोस् भन्ने हाम्रो चाहना हो ।
अरु उम्मेदवारको सट्टा तपाईलाई नै मतदाताले किन भोट दिने ?
—मैले माथि पनि भनें, सबै नेपालीहरुको प्रतिनिधित्व गर्न सक्छु । म कुनै पनि दलको प्राथमिकतामा छैन । म अमेरिकामा परिचित सामाजिक व्यक्तित्व पनि हो । त्यसैले मलाई नै भोट दिनुपर्छ भन्ने सम्पूर्ण अमेरिकाका गैरआवासीय नेपालीको धारणा छ ।
एनआरएनमा आउनु अघि कुन कुन सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भयो त विगतमा ?
—म अमेरिका आइसकेपछि म बसिरहेको ठाउँ अमेरिकाको न्युर्योकको रेजिमेन्ट सहरमा त्यहाँको सामाजिक संस्थाको म अध्यक्ष बनें । सन् २००९ मा त्यहाँका नेपाली दाजुभाइ दिदीबहिनीको चाहाना अनुसार मन्दिर र सार्वजनिक केन्द्र बनाउनुपर्छ भन्ने चाहना थियो । आर्थिक संकलनका निम्ति माहापुराण गरियो, त्यसबाट रकम पनि जम्मा भयो । संस्थाको नाममा जग्गा पनि किनिएको छ । अब त्यसमा भवन बनाउने कार्य जारी छ । यहाँका सामाजिक संस्थामा रहेर संस्कार, संस्कृति, भाषादेखि नेपाली पहिचानको संरक्षण र संवद्र्धनमा लाग्दै आएको छु । यति महँगो सहरमा हाम्रो नेपाली संस्थाले उदारणीय काम गरिसकको छ । यी नै मेरा सामाजिक कार्यका नमुना हुन् ।
अमेरिकामा देख्नुभएको नेपालीको समस्या के के हुन् ? समस्या समाधानका लागि तपाईंको योजना के छ ?
मैले पहिला के भनेथे भने अमेरिकामा बस्ने नेपालीहरुलाई वर्गमा विभाजन गरी व्याख्या गरे, ती सबै वर्गको समस्या अनुमान गर्दैमा मलाई थाहा हुँदैन । विभिन्न वर्गका समस्यालाई अनुमान गरी त्यसको समाधान यो यो हो भनियो भने त्यो हावादारी कुरा हुन सक्छ । त्यसैले मैले अध्यक्षमा जितें भने यिनीहरुसँगको सहकार्य र यिनीहरुसँगको संवादबाट प्रत्येक मानिसका र वर्गका समस्या बुँदागत रुपमा निराकरण गर्दै जानेछु ।
नेपालमा जातीय पहिचान र जातीय बहस चलिरहेको हुँदा यहाँ अमेरिकामा पनि त्यसको प्रतिविम्व स्वरुप नेपालीहरु जातीय आधारमा विभाजन देखिन्छन् । एनआरएनको चुनावमा र भविष्यमा पनि यो संस्थालाई जातीय र राजनीतीले विवादले कतिको असर गर्ला ?
नेपालमा विभिन्न दल अथवा राजनीति विचार, जातीय पहिचान उच्च रुपमा उठेको कुरा हो । तर हामीहरुको पहिचान जब प्रवासमा रहँदाको परिभाषा र नेपालमा रहँदाको परिभाषा अलि फरक छ । त्यहाँ रहेर पनि आफ्नो विचार, आफ्नो निष्ठासँग मान्छे आवद्ध रहन्छन् । त्यो नौलो कुरा होइन । तर हामीहरुको पहिलो पहिचान के हो अमेरिकामा भने हामी प्रवासी नेपाली हौं । त्यति मात्रै हो । हामी सबै प्रवासी नेपालीहरु आफ्ना आस्था, निष्ठा, विश्वास, राजनीति सचेत हुँदाहुँदै पनि त्यसलाई एकछिन पर राखौं । सम्पूर्ण प्रवासीहरुको साझा मञ्चको रुपमा एनआरएनलाई विकास गरौं । जात, धर्म, राजनीति, विचारमा विश्वास गर्ने मानिसले यी सबै कुराहरुलाई एकछिन पन्छाएर राजनीतिक रुपमा, जातीय रुपमा अथवा धार्मिक रुपमा यसलाई विखण्डनको बाटोमा नलागिकन यो संस्था सबै प्रवासीहरुको हामीहरु सामूहिक प्रवासी नेपाली हौं भन्ने अवधारणाको विकास गराउनुपर्ने जरुरी छ । यहाँ पनि जातीय पहिचान नआएको होइन, यहाँ पनि विभाजन छौं । यहाँ इमान्दार प्रयास के रहनुपर्यो भने हामी प्रवासी नेपाली हौं भन्ने भावनाको विकास गराउनु जरुरी छ ।
तपाईले आफू व्यक्तिगत रुपमा एनआरएनको हैसियतले नेपालमा केही गर्नु भाको छ ?
व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा केही गरियो भन्नुपर्यो । अघिल्लो वर्ष चुनावबाट म उपाध्यक्षमा आएँ । त्यसपछि हामीले नेपाल जहाँ रहे पनि नेपालसँगको नाता नटुटोस् भनेर दोहोरो नागरिकताको आवाज उठायौं । एनआरएन केन्द्रीय अन्तर्राट्रिष्य समन्वय परिषदको सहयोगमा हामी काठमाडौंमा गयौं । नेपालका सांसद र संविधान सभा मस्यौदा समितिका सदस्यलाई भेट्यौं । विदेशमा रहेका नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरता दिने र नेपाली नागरिक सरी हक अधिकार पाउने कुरा संविधानमा लेख्ने आश्वासन पायौं । मेरोभन्दा पनि हाम्रो सामूहिक प्रयासबाट भएको हो ।
आफ्नो व्यक्तिगत काममा पनि व्यस्त हुनुपर्छ । एनआरएनको लागि समय व्यवस्थापन गर्न कसरी सक्नुहुन्छ ?
सबैभन्दा ठू्लो कुरा व्यवस्थापन सिप र खुबी हो । सबैभन्दा पहिला समाजलाई केही सेवा दिऊँ भन्ने भइसकेपछि आफूले समय व्यवस्थापन गर्न सक्नुपर्छ । त्यो इच्छा शक्ति हो । धारणा, विचार, चाहनाको कुरा हो । यो कठिन छ परिवारलाई हेर्नुपर्छ, काम गर्नुपर्छ, त्यो हुँदाहुँदै पनि समाज अभिन्न अङ्ग हो । चेतनशील प्राणी भइसकेपछि समाजमा केही गर्नुपर्छ भन्ने भावना आउँछ । समय आफैंले व्यवस्थापन गर्ने कुरा हो । गर्न सकिन्छ ।
तपाईंले चुनाव जित्नुभयो भने वा हार्नुभयो भने एनआरएनप्रति तपाईको भूमिका कस्तो रहन्छ ?एनआरएनलाई विभिन्न वर्गहरु जस्तै विद्यार्थी, उच्चपदस्थ कर्मचारी, सामान्य मानिससँग पुर्याउनुपर्नेछ । म त्यो उद्देश्यका साथ चुनावी मैदानमा छु । तपाई सोध्नुहोला म मात्रै यस्तो उम्मेदवार हो जुन हरेक वर्गमा पुगेर समस्या समाधन गर्न सक्नुहुन्छ अरु उम्मेदवारले सक्नुहुन्न ? तर त्यसो होइन । सबैले अनुमानको भरमा यो गर्छु उ गर्छु भन्नुहुन्छ तर म अनुमानमा जान्न सबैभन्दा पहिलो मेरो के काम हुन्छ भने यी व्याख्या गरिएका वर्गहरुसँग हामी कसरी पुग्न सक्छौ भन्ने विषयको खोजीनिती गर्ने । र समस्या समाधनका लागि जनवर्गमा पुग्नु मेरो कर्म हुनेछ ।
चुनाव जित्ने आधार केके छन् तपाईंका ?
म स्वतन्त्र व्यक्तित्व हुँ । गैरआवसीय नेपाली संघमा अमेरिका आएदेखि मेरो सहभागिता छ । यहाँका विभिन्न नेपाली सामाजिक संस्थामा रहँदै आएको छु । मैले यहाँका नेपालीहरुका समस्यालाई मेरो क्षमताले भ्याएसम्म सकारात्मक रुपमा समाधान गर्न पहल गरेको छु । नेपालीहरुको सेवा गर्ने काम पनि गरिरहेको छु । अर्को कुरा म कुनै पनि समूहबाट प्राथमिकतामा छैन । म विशुद्ध आप्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्छु । नेपालका सम्पूर्ण राजनीतिक पार्टीका नेताहरुलाई हामी सम्मान गर्छाै । आदार गर्छाै तर, हामी आप्रवासीहरुलाई दलीय रङ नलगाइयोस् भन्ने हाम्रो चाहना हो ।
अरु उम्मेदवारको सट्टा तपाईलाई नै मतदाताले किन भोट दिने ?
—मैले माथि पनि भनें, सबै नेपालीहरुको प्रतिनिधित्व गर्न सक्छु । म कुनै पनि दलको प्राथमिकतामा छैन । म अमेरिकामा परिचित सामाजिक व्यक्तित्व पनि हो । त्यसैले मलाई नै भोट दिनुपर्छ भन्ने सम्पूर्ण अमेरिकाका गैरआवासीय नेपालीको धारणा छ ।
एनआरएनमा आउनु अघि कुन कुन सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भयो त विगतमा ?
—म अमेरिका आइसकेपछि म बसिरहेको ठाउँ अमेरिकाको न्युर्योकको रेजिमेन्ट सहरमा त्यहाँको सामाजिक संस्थाको म अध्यक्ष बनें । सन् २००९ मा त्यहाँका नेपाली दाजुभाइ दिदीबहिनीको चाहाना अनुसार मन्दिर र सार्वजनिक केन्द्र बनाउनुपर्छ भन्ने चाहना थियो । आर्थिक संकलनका निम्ति माहापुराण गरियो, त्यसबाट रकम पनि जम्मा भयो । संस्थाको नाममा जग्गा पनि किनिएको छ । अब त्यसमा भवन बनाउने कार्य जारी छ । यहाँका सामाजिक संस्थामा रहेर संस्कार, संस्कृति, भाषादेखि नेपाली पहिचानको संरक्षण र संवद्र्धनमा लाग्दै आएको छु । यति महँगो सहरमा हाम्रो नेपाली संस्थाले उदारणीय काम गरिसकको छ । यी नै मेरा सामाजिक कार्यका नमुना हुन् ।
अमेरिकामा देख्नुभएको नेपालीको समस्या के के हुन् ? समस्या समाधानका लागि तपाईंको योजना के छ ?
मैले पहिला के भनेथे भने अमेरिकामा बस्ने नेपालीहरुलाई वर्गमा विभाजन गरी व्याख्या गरे, ती सबै वर्गको समस्या अनुमान गर्दैमा मलाई थाहा हुँदैन । विभिन्न वर्गका समस्यालाई अनुमान गरी त्यसको समाधान यो यो हो भनियो भने त्यो हावादारी कुरा हुन सक्छ । त्यसैले मैले अध्यक्षमा जितें भने यिनीहरुसँगको सहकार्य र यिनीहरुसँगको संवादबाट प्रत्येक मानिसका र वर्गका समस्या बुँदागत रुपमा निराकरण गर्दै जानेछु ।
नेपालमा जातीय पहिचान र जातीय बहस चलिरहेको हुँदा यहाँ अमेरिकामा पनि त्यसको प्रतिविम्व स्वरुप नेपालीहरु जातीय आधारमा विभाजन देखिन्छन् । एनआरएनको चुनावमा र भविष्यमा पनि यो संस्थालाई जातीय र राजनीतीले विवादले कतिको असर गर्ला ?
नेपालमा विभिन्न दल अथवा राजनीति विचार, जातीय पहिचान उच्च रुपमा उठेको कुरा हो । तर हामीहरुको पहिचान जब प्रवासमा रहँदाको परिभाषा र नेपालमा रहँदाको परिभाषा अलि फरक छ । त्यहाँ रहेर पनि आफ्नो विचार, आफ्नो निष्ठासँग मान्छे आवद्ध रहन्छन् । त्यो नौलो कुरा होइन । तर हामीहरुको पहिलो पहिचान के हो अमेरिकामा भने हामी प्रवासी नेपाली हौं । त्यति मात्रै हो । हामी सबै प्रवासी नेपालीहरु आफ्ना आस्था, निष्ठा, विश्वास, राजनीति सचेत हुँदाहुँदै पनि त्यसलाई एकछिन पर राखौं । सम्पूर्ण प्रवासीहरुको साझा मञ्चको रुपमा एनआरएनलाई विकास गरौं । जात, धर्म, राजनीति, विचारमा विश्वास गर्ने मानिसले यी सबै कुराहरुलाई एकछिन पन्छाएर राजनीतिक रुपमा, जातीय रुपमा अथवा धार्मिक रुपमा यसलाई विखण्डनको बाटोमा नलागिकन यो संस्था सबै प्रवासीहरुको हामीहरु सामूहिक प्रवासी नेपाली हौं भन्ने अवधारणाको विकास गराउनुपर्ने जरुरी छ । यहाँ पनि जातीय पहिचान नआएको होइन, यहाँ पनि विभाजन छौं । यहाँ इमान्दार प्रयास के रहनुपर्यो भने हामी प्रवासी नेपाली हौं भन्ने भावनाको विकास गराउनु जरुरी छ ।
तपाईले आफू व्यक्तिगत रुपमा एनआरएनको हैसियतले नेपालमा केही गर्नु भाको छ ?
व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा केही गरियो भन्नुपर्यो । अघिल्लो वर्ष चुनावबाट म उपाध्यक्षमा आएँ । त्यसपछि हामीले नेपाल जहाँ रहे पनि नेपालसँगको नाता नटुटोस् भनेर दोहोरो नागरिकताको आवाज उठायौं । एनआरएन केन्द्रीय अन्तर्राट्रिष्य समन्वय परिषदको सहयोगमा हामी काठमाडौंमा गयौं । नेपालका सांसद र संविधान सभा मस्यौदा समितिका सदस्यलाई भेट्यौं । विदेशमा रहेका नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरता दिने र नेपाली नागरिक सरी हक अधिकार पाउने कुरा संविधानमा लेख्ने आश्वासन पायौं । मेरोभन्दा पनि हाम्रो सामूहिक प्रयासबाट भएको हो ।
आफ्नो व्यक्तिगत काममा पनि व्यस्त हुनुपर्छ । एनआरएनको लागि समय व्यवस्थापन गर्न कसरी सक्नुहुन्छ ?
सबैभन्दा ठू्लो कुरा व्यवस्थापन सिप र खुबी हो । सबैभन्दा पहिला समाजलाई केही सेवा दिऊँ भन्ने भइसकेपछि आफूले समय व्यवस्थापन गर्न सक्नुपर्छ । त्यो इच्छा शक्ति हो । धारणा, विचार, चाहनाको कुरा हो । यो कठिन छ परिवारलाई हेर्नुपर्छ, काम गर्नुपर्छ, त्यो हुँदाहुँदै पनि समाज अभिन्न अङ्ग हो । चेतनशील प्राणी भइसकेपछि समाजमा केही गर्नुपर्छ भन्ने भावना आउँछ । समय आफैंले व्यवस्थापन गर्ने कुरा हो । गर्न सकिन्छ ।
यो संस्थाको प्रगति र उन्नतिका लागि म एनआरएन अमेरिकाको अध्यक्ष पदमा हारे पनि जिते पनि संगसगै हिँड्ने छु ।
प्रस्तुती – विष्णु प्रसाद पाैडेल
Post a Comment