0
गोल्डेन न्यूज संवाददाता
पोखरा २० चैत ।
विष्णु पादुका क्लव हेमजाको आयोजनामा हुन लागेको छैटौ हेमजा आलु महोत्सव २०७१ तयारी अन्तिम चरणमा पुगेको छ ।      महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमितिले आ–आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । महोत्सव तयारीको करिव करिव सवै काम सकिन लागेको छ उनले भने–सवै उपसमितिको सक्रियतालले नै हामी अगाडि बढेका छौं । हेमजाको वास्तविक परिचय हेर्नका लागि महोत्सवमा नै आउन उनले आग्रह गरे । महोत्सवमा नर्थ फिल्ड प्राङ्गारिक मलको पनि विक्र केन्द्र राखिने कार्कीले जानकारी दिए । आलुलाई अर्गानिक वनाउदै लैजानका लागि यो केन्द्र राखिन लागिएको कार्कीले जानकारी दिए । महोत्सवमा सवै स्टल वुकिङ्ग भईसकेको स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सव चैत्रको २३ गते देखि २९ गते चल्ने छ ।  हेमजलाई व्यसायिक कृषि ठाँउकौ रुपमा परिचत गर्दै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्नका लागि ३२ लाख ३५ हजार खर्च लाग्ने र ३३ लाख ३५ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, वाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको वेजोड प्रस्तुति, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनी तथा सेती नदीमा ¥याफ्टिङ्ग, जिपलाईन फ्लायर र प्याराग्लाईडिङ्ग का लागि टिकट उपलब्ध गराईने छ ।महोत्सवमा करिव एक लाख ५०  हजार दर्शकले अवलोकन गर्ने महोत्सव भित्र वाहिर गरि करिव १२ कारोडको आलुको कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् ।
महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायिक स्टल, ३० वटा कृषि प्राविधिक प्रर्शनी स्टल, एक वटा प्राथामिक उपचार केन्द्र, एक वटा सुचना केन्द्र स्टल गरि ९४ वटा स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए । महोत्सवमा टिकटको मूल्य ५० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीलाई ३० रुपैया कायम गरिएको आयोजकले जनाएका छन् ।

Post a Comment

 
Top