नेपाल आदिवासी जनजाती संघ कास्कीले लोकतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन ग¥यो । आदिवासी जनजाति संघले व्यक्तिगत स्वतन्त्रतालाई बुझ्न आवश्यक भएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा कम्युनिष्टहरुको स्वतन्त्रता हरण नीतिबाट नेपाली काँग्रेसको भातृ सस्था जनजाति संघले सम्पूर्ण जनजातीहरुलाई स्वतन्त्रताको पाठ सिकाउन आग्रह गरेका थिए । नेपाली काँग्रेसका पूर्व केन्द्रीय आमन्त्रित सदस्य शुक्रराज शर्माले क्यालेण्डरको विमोचन गर्दै कम्युनिष्टहरुले जनतालाई भ्रम छोडेर जाति–जातिबीचको एकतालाई तोडेकोमा चिन्ता गर्दै आफ्नो उपलव्धीलाई साझारुपमा बाँडेर हिड्न सवैलाई आग्रह गरे । काँग्रेसमा कुनै भेद नभएको भन्दै नेता शर्माले कम्युनिष्टमा समानता नरहेको भन्दैै देशमा काँग्रेसले मात्रै स्वतन्त्रता र दीगो विकासमा ध्यान दिएको बताए । नेपाल आदिवासी जनजाती संघ कास्कीका अध्यक्ष जितवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका त्यागी नेता खेमराज पौडेलले जनताको चाहना अनुरुप संविधान निर्माण गर्न आग्रह गर्दै पार्टीमा व्यक्तिगत स्वार्थ त्यागेर जनजाती, आदिवासी, महिला, पिछडिएका वर्ग, दलित सवैको भावनालाई कदर गर्न नेतृत्वलाई सुझाव दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण के.सी.ले नेपाली काँग्रेसमा जनजातीको ठूलो भूमिका भएको भन्दै आगामी तेह्रौ महाधिवेशन एकता, सम्मान र सम्भावनाको महाधिवेशन वनाउन सवैमा आग्रह गरे । कार्यक्रममा भाषणलाई विश्वास नगरी कामलाई प्राथमिकता दिन बक्ताहरुले अनुरोध गरेका थिए । जातीय एकतामा जोड दिनु आजको आवश्यकता भएको भन्दै नेपाली कम्युनिष्ट अगुवाहरुले बाटो विराएकोमा जनजाती नेता कार्यकर्ताले रोष प्रकट गरेका थिए । संघको कार्यक्रममा महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, कास्कीका युवा नेता एवं महाधिवेशन प्रतिनिधि गुरु बराल, नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सभापति बृजमान गुरुङ, गणेशमान फाउण्डेशनका उपसभापति भोजबहादुर गुरुङ
(सिकन्दर), जनजाति संघ कास्कीका पूर्व क्षेत्रीय सभापति पुलेन्द्रमान श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, महिला संघ कास्कीका सचिव सीता गुरुङ, आदिवासी जनजाती नेता राधाकृष्ण गुरुङ, जनजाती क्षेत्र नं. १ का सभापति मनोज गुरुङ, जनजाती नेता आशबहादुर गुरुङ, क्षेत्र नं. २ का सभापति चन्द्रप्रकाश थापा, क्षेत्र लगायतले देश कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लोकतन्त्रको आभाष नेपाली काँग्रेसले दिन नसकेकोमा दुःख ब्यक्त गरेका थिए । संघका सचिव विष्णुकुमार श्रेष्ठ र कृष्णकुमार गुरुङको सञ्चालनमा रहेको उक्त कार्यक्रममा गौमती गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । संघद्वारा आयोजित कार्यक्रमलाई घान्द्रुक निवासी ललित गुरुङले रु २५ हजार नगद सहयोग गरेका थिए । नेपाली काँग्रेस पार्टी कार्यालय चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा काँग्रेसमा जनजाती जागेको उल्लेख गर्दै गाउँ–गाउँमा संगठन निर्माणमा जुट्ने विश्वास दिलाएका थिए ।

Post a Comment