धेरैको
बुझाई छ – एचआईभीको संक्रमण भएपछि चाँडै नै मरिन्छ । उनीहरुबाट यो रोग
सर्छ, त्यसैले टाढै बस्नुपर्छ ।’ तर यो मान्यता विपरित संक्रमित भएको पनि
झण्डै २० वर्ष पुग्न लाग्दा पोखराका गोपाल श्रेष्ठ अरुजस्तै सक्रिय छन् ।
१२ वर्ष अघि आफैंले एचआईभी संक्रमित भनेर सार्वजनिक गर्ने आँट गरेका
गोपालको अर्को ठूलो आँट सगरमाथा आरोहण हो । सायदैले गर्न सक्ने आँट गरेका
गोपालले सगरमाथा यात्राको पाईला विहीबारदेखि अघि बढाउँदैछन् ।
समाजले अपहेलना गर्ने डरले खुल्न नचाहने
एचआईभी संक्रमितका लागि गोपाल श्रेष्ठ उदाहरणीय छन् । दशक अघि एचआईभी
संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण अहिलेजस्तो थिएन तर संक्रमितको संख्या
बढ्ने क्रम उच्च थियो । एचआईभी संक्रमित भएपनि समाजमा केहि गर्न सकिन्छ,
स्वास्थ्यको ख्याल राख्न सकेमा धेरै वर्ष बाँच्न सकिन्छ भन्ने बुझेका
गोपालले साथीहरुलाई पनि बुझाउनकै लागि सार्वजनिक भए र सञ्चारमाध्यममार्फत
निरन्तर जानकारी गराईरहे । एचआईभी संक्रमित खुलेमा थप जोखिमपूर्ण अवस्था
नआउने उनले ठाने । लागूपद्धार्थमा फसेसँगै सुई साटफेर गर्दा एचआईभी
संक्रमित भएका गोपाल दश वर्ष अघिदेखि लागूऔषध दुव्र्यसन न्युनिकरणका
क्षेत्रमा पनि सक्रिय छन् । पूर्व फुटबल खेलाडी समेत रहेका उनी सामाजिक
अभियन्ताका रुपमा पोखरामा क्रियाशील छन् ।
सर्वोच्च
शिखरमा पुग्ने एचआईभी संक्रमितमध्ये पहिलो व्यक्ति बन्ने गोपालको यो
अभियानमा पोखरेलीले खुलेर साथ दिएका छन् । तर, सरकारी तबरबाट जुन सहयोगको
अपेक्षा थियो त्यस अनुसार नभएकोमा उनको गुनासो छ । जिल्ला विकास समिति,
कास्कीको हलबाट सहयोग संकलन सुरु भएकोमा जिविसले एक लाख सहयोग बाहेक
त्यसपछि कुनै सरकारी निकायबाट साथ नपाएको उनले बताए । गोपालले एक वर्ष अघि
मात्रै ६००० मिटर भन्दा अग्लो आईसल्याण्ड पिकको सफल आरोहण गरिसके ।
गोपाल
लुक्ला पुगेपछि पहिले ल्होत्से हिमाल चढ्नेछन् र मे पहिलो साता अन्त्यबाट
सगरमाथा आरोहण सुरु गर्ने तयारीमा छन् । सगरमाथा आरोहणका लागि विशेष
प्याकेज ट्रेनिङहरु लिन नपाएको र तीन महिनासम्म धाउँदा पनि राष्ट्र स्तरबाट
केहि नमिलेको उनको गुनासो छ । एजेन्सीको समेत सहयोगपछि २६ लाख रुपैंयामै
सगरमाथा आरोहणको व्यवस्था मिलेकाले अब आर्थिक समस्याको अवस्था नरहेको
गोपालले बताए ।
उनले एचआईभी÷एड्स र संक्रमित प्रति सामाजिक
धारणा बदल्ने उद्देश्यका साथ थालिएको आफ्नो अभियान गोपाल श्रेष्ठको मात्र
नभई सबै पोखरेली, एचआईभी संक्रमित समुदायको भएको बताए । सगरमाथाको चुचुरोमा
पुगेर नेपाली झण्डा फहराउने आफ्नो लक्ष्यलाई साकार पार्न आर्थिक सहयोग
गर्ने सबैलाई आभार व्यक्त गरे ।
नेपालमा मात्रै ७५ हजारको हाराहारीमा
एचआईभी संक्रमित रहेको तथ्यांक छ । विश्वमा १९८१ देखि २०१३ सम्ममा ३६
मिलियन व्यक्तिले यही रोगका कारण ज्यान गुमाईसकेका छन् । २०२१ असार १५ मा
पोखरा ७ मा जन्मिएका गोपालको परिवारमा उनी सहित श्रीमती मात्र संक्रमित
हुन् भने २२ वर्षीय एक छोरा उच्च शिक्षा लिईरहेका छन् ।
यसैबीच, टोल विकास संस्था वडा समन्वय समिति
पोखरा ७ र महिला समन्वय समिति पोखरा ७ ले बुधबार पोखरामा शुभयात्रा
कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा टोल स्थित विभिन्न संस्थाहरुले आर्थिक
सहयोग प्रदान पनि गरे । ‘यो शुभेच्छा र साथ सहयोगले मैले सगरमाथा आरोहण
गरिसकेको अनुभूत गरेको छु’ – गोपालले भने– ‘जसरी शुभयात्रा कार्यक्रममा
सबैलाई यहाँ देख्न पाएँ म फर्केपछि बधाई कार्यक्रममा पनि यहाँहरुलाई देख्न
पाउँ ।’
सो कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार
संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गोपाल श्रेष्ठको साहसको
प्रशंसा गर्दै सहयोगी हातहरु सबै धन्यवादको पात्र भएको बताए । नागरिक समाज
पोखराका अध्यक्ष रामबहादुर पौडेलले पोखरामा सामाजिक अभियन्ताका रुपमा रहेका
गोपाल श्रेष्ठ उदाहरणीय व्यक्तित्व रहेको बताए ।
वडा समन्वय समिति पोखरा ७ का अध्यक्ष
राममोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस वडा इकाई
सभापति सरोजनारायण बराल, एमाओवादी प्रतिनिधि एवं सल्लाहकार युवराज पराजुली,
मानव मिलन नागरी जागरण नेपालका अध्यक्ष साबित्री शर्मा, गोपालका दाजु
सुरेश श्रेष्ठ, लगायतले शुभयात्रा जस्तै गरी सफल आरोहण गरी फर्केपछि गोपाल
श्रेष्ठलाई बधाई कार्यक्रममा सहभागी हुन पाईने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा गोपालका दाजुका परिवारबाट एक लाख
१५ हजार, राष्ट्र बैंक मार्ग टोल विकास संस्थाले ४५ हजार, नागरिक समाज
पोखराले १० हजार एक सय पाँच, एनवाईसी रत्नचोक क्लबले १० हजार ५० लगायत
दर्जन बढि संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका थिए ।
गोपाल श्रेष्ठलाई विहीबार मध्यान्ह पछि
सहारा क्लब पोखरा भवन अघिबाट पोखरा विमानस्थलसम्म ¥याली सहित पु¥याईने
कार्यक्रम रहेको नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले जनाए ।
Post a Comment