एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह ५४ पोखराको १४ औं अधिवेशनदे नविनराज बराललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । समूहको शनिबारमा पोखरामा सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि बराललाई संयोजकमा चयन गरेको हो । समूहको उप–संयोजक अनन्त प्रसाद कोईराला, सचिव भानु पराजुली, कोषाध्यक्ष ढकेश्वर पहारी र सहसचिवमा अर्जुन पौडेललाई पनि सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा भीम गौतम, अनिता तिमिल्सना र सोमनाथ पौडललाई चयन गरेको छ । यसअघि अधिवेनको उद्घाटन गर्दै, एम्नेस्टी ईन्टरनेशन नेपालका केन्द्रीय सदस्य मन्जु अर्यालले मानव अधिकारको प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले अगामी दिनमा एम्नेस्टीको गतिविधिलाई अझै प्रभावकारी ढङ्गले जिल्लाहरुमा बढाउनुपर्नेमा जोड दिए । एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह ५४ पोखराका संयोजक विवेक घिमिरेको अध्यक्षतामा भएको अधिवेशनमा मानव अधिकार तथा शान्ति समाज कास्कीका सभापति धिरज थापा, परिवर्तनका लागि श्रमिक संवाद कास्कीका अध्यक्ष वेदहरि तिमिल्सिना, समूहका पूर्वअध्यक्ष रामराज लामीछाने, प्रशिक्षक सूर्यप्रसाद ढकाल, उप–संयोजक चूडामणि सुवेदी, माछापुच्छ«े यूथ नेटवर्कका संयोजक सूर्यवहादुर थापा, पोखरा विश्वविश्वविद्यालय यूथ नेटवर्कका संयोजक सरस्वती अधिकारी लगायतले एम्नेस्टीले मानव अधिकारीको क्षेत्रमा खेलेको भूमिकाका वारेमा चर्चा गरेका थिए । यसैगरी समूहका नयाँ सदस्य एवं यूथ नेटवर्कका सदस्यहरुलाई लक्षित गरी मानव अधिकारका क्षेत्रमा एम्नेस्टीको भूमिका विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम पनि गरिएको छ । सो अवसरमा प्रशिक्षकहरु सूर्यप्रसाद ढकाल, रामराज लामीछाने, धिरज थापा लगायतले प्रशिक्षण दिएका थिए ।
महिला हिंसाका मुद्धा छिटो किनारा लगाउन माग
महिला हिंसाका मुद्धा छिटो किनारा लगाउन माग
Post a Comment