राजाराम पौडेल/गोल्डेन
पोखरा २७ चैत ।
यर्थाथपरक गीत ‘घर शून्य भो’ को चर्चा सेलाउन नपाउँदै लोक दोहोरी गायक घनश्याम रिजालको नयाँ एल्बम ‘सर सर’ दर्शक श्रोता माझ पस्केका छन् । एल्बम बजारमा आएसँगै रिजालको चर्चा र व्यस्तता बढ्दै गएको छ । एल्बममा समाबेश ‘सर सर सर मैतिर बसम्ला पिरती लाएर ठोक ठोक मादल ठोक नाचम्ला दोहोरी गाएर’ बोलको गीतमा आवाज रामजी खाँड मुना थापा र घनश्याम रिजालले भरेका छन् । गीतको शब्द रिजालले कोरेका हुन् भने लय सिर्जना रामजी खाँडको हो । स्याङ्गजाको वालिङ महोत्सवमा छायाङ्कन गरिएको यस गीतको म्युजिक भिडियोमा रामजी खाँड, पार्वती राई घनश्याम रिजालका साथमा थुर्पै कलाकार र आम महोत्सव हेर्न पुगेका दर्शकलाई देख्न सकिन्छ । महोत्सवमा प्रत्यक्ष छयाङ्कन गरिएको म्युजिक भिडियो हेर्दा दर्शकलाई नौलौ अनुभूति हुने उनको दावी छ । आशिष म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले रिजाल उत्साहित बनेका छन् । ‘छोटो समयमानै दर्शक श्रोताबाट पाएको सकारात्मक प्रतिक्रयाले उर्जा थपेको छ’ रिजाले भने । केही पृथक शैलीमा शब्द सिर्जना गरी छोटो समयमानै लोक दोहोरीको क्षेत्रमा परिचित हुन सफल रिजालले केही नयाँ प्रयोग यस गीतमा गरेकोले अझै लोकप्रियता बढ्नेमा ढुक्क छन् । आजभन्दा झण्डै ३१ वर्ष अघि स्याङजा एलादी–७, केराबारीमा बुबा खेमनारायण र आमा तोपकान्ती रिजालकोे कान्छो सन्तानको रुपमा जन्मीएका उनी बाल्यकालमा चञ्चले स्वभावका थिए । स्याङ्जाबाट पोखरा अध्ययनको शिलशिलामा आएसँगै उनको साँगीतिक यात्रा आरम्भ भएको हो ।
आजभन्दा झण्डै १२ वर्ष अघिबाट साँगीतिक फाँटमा प्रवेश गरेका रिजालले औपचारिक रुपमा भने २०६२ सालमा ‘मन मुटुमा तस्विर कोरेर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका हुन् । उनको २०६३ सालमा पहिलो एल्बम ‘मन मुटुमा तस्वीर कोरेर’ बजारमा आएको थियो । लय शब्द समेत आफैले गरेको एल्बमको मन मुटुमा बोलको गीतमा आवाजमा उनलाई राजु परियार र विष्णु माझीले साथ दिएका थिए । यसै एल्बममा रहेको ‘बर्खे भेलैमा’ बोलको गीतमा सर्मीला गुरुङ्गको साथ उनलाई मिलेको थियो । पहिलो एल्बमबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित बनेका उनले २०६७ सालमा ‘भर्भर आगो बल्दै हुनेछ’ लोक दोहोरी एल्बम दोस्रो एल्बमको रुपमा श्रोतामाझ पस्के । यस एल्बमको सफलताले गर्दा नेपाली साँगीतिक फाँटमा लाग्ने उत्साह बढेको उनी सुनाउँछन् । एल्बममा समावेश दुईवटा गीतकै लय शब्द संकलन उनलेनै गरेका थिए । ‘र्भभर आगो बल्दै हुनेछ’ मा आवाज रामजी खाँड र मुना थापाले भरेका थिए । त्यस्तै ‘मिसियझै मस्र्याङ्गदी र मादी’ बोलको गीतमा राम्जी खाँड, मुना थापा र स्वयं रिजालको पनि आवाज सुन्न सकिन्थ्यो । २०६८ मा आफ्नै लय तथा शब्द संकलनमा तेस्रो एल्बम ‘फोन गर है दिनमा एक फेर’ नामक निकालेका उनको यस एल्बममा राम्जी खाँड र मुना थापा ले आवाज भरेका थिए । २०६९ सालमा चौथौ एल्बम ‘सबको पछि लाग्ने भा छु म’ उनले बजारमा ल्याए । एल्बममा समावेश ‘पक्कै तिम्लाई मेरो याद आको छ यता मलाई पछुतो लाको छ सबको पछि लाग्ने भाछु म, आफ्नै मान्छि अर्कैलाई सुम्पेर आज आफै माग्ने भा छु म’ बोलको गीतले श्रोता दर्शकको मन जितेको थियो । हुन त तीजको एल्बम ‘क्यार्नी ओइ बाटुली’ र ‘भन्देउ न माया’ बोलको गीत दर्शक श्रोताको राम्रै साथ उनले पाए । हालसम्म डेढ दर्जन गीतमा आवाज भरिसकेका उनले आउँदै न र झल्को, आफ्नै भन्ने ठामै भएन लगायतका तीन दर्जन गीतमा शब्द संकलन तथा त्यतीनै गीतमा लय संकलन गरिसकेका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल कार्य समितिको महासचिव, स्याङजा विकास केन्द्र सचिव रहेका उनले हरेक साँझ हाम्रो दोहोरी साँझ पोखरामा आफ्नो प्रस्तुति राख्छन् । यसअघि केही समय भञ्ज्याङ दोहोरी साँझ र रुपाहिल दोहोरी साँझमा समेत आफ्नो प्रस्तुति राखेका उनी हाम्रो दोहोरी साँझको सञ्चालक पनि हुन् ।
स्वरेक महोत्सवमा आयोजित लोकदोहोरी गीत प्रतियोगिताबाट लोकदोहोरी प्रतियोगितामा भाग लिन शुरु गरेका उनी पहिलो सहभागिता मै प्रथम हुन सफल भएका थिए । हालसम्म विभिन्न मेला तथा महोत्सव सहभागिता जनाई थुपै्र पुरस्कार जितिसकेका उनलाई राष्ट्रिय नृत्य पाठशाला, रेडियो भानुभक्त दमौली लगायतका संस्थाले सम्मान समेत गरीसकेका छन् । रेडियो नेपालको देउराली कार्यक्रमबाट लोकदोहोरी गीतको क्षेत्रमा आकर्षित बनेको बताउने उनको यो क्षेत्रमा लागेर आम्दानी सोचेजस्तो नभएपनि श्रोता दर्शकको साथ पाइञ्जेल निरन्तर यो क्षेत्रमा अगाडि बढ्ने योजना छ । उनी भन्छन्–‘यतिबेला एल्बम विक्रि ठप्पै छ व्यापार भनेको सिआरबिटि, पिआरबिटि र मेला महोत्सवमा हुने साँँस्कृतिक कार्यक्रमनै कलाकारको आम्दानीको श्रोत हो’–उनले थपे–‘अब अडियो गीतको मार्केट बढ्ने अवस्था छैन प्रविधिलाई रोक्न पनि सकिन्न त्यसैले प्रविधिको विकासलाई आधार मानेर त्यही प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ’ ।
पोखरा र यस आसपासमा आयोजना हुने मेला महोत्सव लगायतका कार्यक्रममा बढि व्यस्त हुने उनी कार्यक्रमको शिलशिलामा नेपालका कयौँ ठाँउमा पुगिसकेका छन् । यस क्षेत्रमा आउने नवोदित कलाकारलाई राम्रोसँग बुझेर मात्र आउन आग्रह गर्ने उनी लहैलहैमा भने नआउन सल्लाह दिन्छन् । साँगीतिक क्षेत्रमा लाग्नेको संख्या बढेपनि पाइरेसीको कारण यो क्षेत्र व्यवस्थित हुन नसकेकोमा उनी दःुखी छन् । विभिन्न विषयवस्तुलाई गीत–संगीतको माध्यमबाट श्रोतामाझ पस्किएर पृथक पहिचान बनाइसकेका उनी पोखरामा नै बसेर निरन्तर साँगीतिक क्षेत्रमा लाग्ने बाचा गर्छन् । कविता गजल समेत कोर्ने उनले गाँउले परिवेशमा टिपिकल, यर्थाथपरक, सन्देशमुलक विषय वस्तुमा गीत रचना गर्ने गर्दछन् । अब केही समय पश्चात राजन कार्कीेसँगको सहकार्यमा ‘डालीमा बसेको चरी’ गीत ल्याउन लागेको समेत उनले बताए ।

Post a Comment