0
पोखरा 20 चैत्र ।
पोखरामा मुटुरोग उपचारको लागि अस्पताल स्थापनाको पहल ,डेढ महिना भित्र क्षेत्रीय अस्पतालमा ओपिडी सेवापोखरा उद्योग बाणिज्य संघको अगुवाईमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटुरोग उपचार केन्द्र स्थापना हुने भएको छ । पोखरा र यस आसपासका मुटुरोगीहरु उपचारको लागि राजधानी सम्म पुग्नुपर्ने बाध्यता अन्त्यको लागि मुटृुरोग उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।
केन्द्र स्थापनाको लागि डा. माधब तिवारीको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ । बुधवार सम्पन्न सरोकारवालाको भेलाले पोखरामा मुटुरोग उपचार केन्द्रको आबश्यकता महशुस गर्दै स्थापनाको लागि तिवारीको संयोजकत्वमा ९ सदस्यिय समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा डा. नारायण गौतम छन् भने पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा, डा. बुद्धी बहादुर थापा, लायन प्रेम बहादुर श्रेष्ठ, तिर्थलाल श्रेष्ठ, ध्रुब थापा लगायत सदस्य छन् । समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा मुटुरोग उपचार केन्द्र स्थापना गर्न आबश्यक पहल गर्ने सदस्य बिन्दु कुमार थापाले जानकारी दिए ।
उनका अनुसार मुटुरोग उपचारको लागि पोखरामा सुबिधा सम्पन्न अस्पताल स्थापनाको सुरुवात स्वरुप क्षेत्रीय अस्पतालमा डेढ महिना भित्र यो सम्बन्धि ओपिडी सेवा सञ्चालन गर्ने तयारी छ । यसको लागि लायन्स अन्तराष्ट्रियले एक लाख डलर सहयोग उपलब्ध गराउने निश्चित भएको छ ।
अस्पताल स्थापनाको लागि सबै पोखरेली उद्योगी ब्यबशायी एकजुट हुने र सरकारी सहयोग समेत लिएर सञ्चालनमा ल्याउने थापाले बताए । मुटुरोगको उपचार सेवा नहुदा पोखरा र आसपासका बिरामीहरु हेलिकप्टर चार्टड गरी काठमाण्डौसम्म पु¥याउनुपर्ने बाध्यता छ । ‘आर्थिक अबस्था कमजोर भएकाहरुलाई सर्बसुलभ अत्याधुनिक सेवा उपलब्ध गराउने गरी अस्पताल स्थापनाको पहल थालिएको हो । ’ थापाले भने ।
सुरुमा सामान्य उपचारको लागि पनि उपकरण खरिदमा तीन करोड भन्दा बढी लाग्ने भएकाले सरकारी निकाय संगको समन्वयसंगै निजि क्षेत्र अघि बढ्ने उनले बताएका छन् ।

Post a Comment

 
Top