0
balatkari-budoपोखरा २० चैत । जो चोर उसैको ठूलो सोर भनेको यही हो । आफै अपराध गर्ने अनि आफै धम्की दिने । १६ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक बृद्धले आफु प्रहरी हिरासतबाट छुटेपछि गाँउका सवै महिलाहरुलाई गर्भवती बनाइदिने धम्की दिएका छन् ।
कास्कीको लुम्लेकी १६ बर्षीय किशोरीलाई बलात्कार गर्ने स्थानीय डिलबहादुर घर्ती गुरुङका परिवारले पीडितलाई न्याय दिलाउन लागिपरेकाहरुलाई ज्यान मार्ने धम्की दिएका छन् ।पक्राउ परेका गुरुङ लगायत उनकी छोरी शुसिला प्रधान र गुरुङकी श्रीमती सिरा घर्ती गुरुङले आफुहरुसँग गुण्डा र सम्पत्ति समेत रहेको भन्दै पीडित किशोरीलाई न्याय दिलाउन लागि परेकाहरुलाई धम्की दिएको खुलासा भएको हो । उनीहरुले न्याय दिलाउन सहयोग गर्ने स्थानीय केही समाजसेवीहरुलाई “तिमीहरुलाई मारेर लाश गायव गराउन सक्ने क्षमता हामीसँग छ, पख” भन्दै पटकपटक धम्की दिने गरेको पाईएको छ ।
बलात्कारपछि, सुरुमा १५ लाख रुपैयाँ दिने शर्तमा घटनालाई गाँउमै मिलाउने प्रयास गरिएपनि कुरा नमिलेपछि घटना सार्वजनिक भएको थियो । बलत्कारी गुरुङले एक न एक दिन आफु प्रहरी हिरासतबाट मुक्त हुने र मुक्त भएपछि लुम्लेका सबै महिलाहरुलाई गर्भवती बनाइदिने चेतावनी समेत दिएको उनीहरुले बताएका छन् ।बलत्कारी गुरुङ यतिबेला प्रहरी हिरासतमा छन् । बलात्कृत भएकी किशोरी आमा बुवाको संरक्षणमा रहेकी छन् । उनीहरुले आफ्नो ज्यानको सुरक्षा खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Post a Comment

 
Top