0
व्यबस्थापिका संसद अन्तर्गतको बिकाश समितिले पहिलो पटक पोखरामा पश्चिमाञ्चल क्षेत्रीय बिकाश समिक्षा बैठक आयोजना ग¥यो । कास्की जिल्ला विकास समितिको समन्वयमा संसदिय विकास समितिले गरेको बैठकमा पोखरा स्थित विभिन्न विषयगत कार्यालयका तर्फबाट आ–आफ्नो कार्ययोजना र समस्या अवगत राइएको थियो । सबै जसो कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले योजनाको छनोट, बजेट विनियोजन, योजना सम्पन्न गर्ने कार्यविधि र आवश्यक जनशक्तिको अभाव जस्ता कारणले काम गर्न अप्ठ्यारो भएको बताएका थिए । कतिपय कार्यालय प्रमुखहरुले निर्धारित समय भित्र काम सक्नका लागि अख्तियारी प्राप्त नहुने र राजनीतिक एवं अन्य दबाब र प्रभावका कारण पनि ढिलाई हुने गरेको बताए ।
पश्चिमाञ्चलका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. कालु शर्माले बजेट समयमा नआउने र अधिकार नहुँदा मात्र नभइ योजनाको छनोटमा ध्यान नदिदा काम गर्न कठिनाई भएको बताए । पश्चिमाञ्चल अस्पतालका मे.सु. डा. श्रीकृष्ण श्रेष्ठे समयमै काम गर्न अख्तियारी प्राप्त नहुने तथा मेशिनरी उपकरणका लागि जनशक्तिको अभाव रहेको बताए । क्षेत्रीय शिक्षा निर्देशक बैठक अर्यालले स्रोत साधनको व्यवस्थापन प्रभावकारी नहुनु, अझ वैदेशिक स्रोत स्वीकृत गरेपनि उपयुक्त कार्यविधि नभएकोले शैक्षिक क्षेत्रमा समस्या देखिएको बताए । क्षेत्रीय वन निर्देशक खडानन्द शर्माले जुनसुकै समस्या आएपनि वन अतिक्रमण गरिने प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्त गरे । क्षेत्रीय क्षयरोग केन्द्रका निर्देशक डा.मुकुन्द आचार्यले ८६ प्रतिशत विदेशी अनुदानमा भर पर्नु परेकोले २०५० सम्म क्षयरोग मुक्त नेपाल बनाउने अभियानमा चुनौति देखिएको बताए । डिभिजन सडक कार्यालय पोखराका प्रमुख नरेन्द्र सुबेदीले सर्वेक्षण बिना रातो किताबमा बजेट देखिनु प्राविधिक दृष्टिकोणले दुर्भाग्यपूर्ण भएको गुनासो गरे ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानामगरले उपभोक्ता समितिमा ठेकेदारी प्रथा बढ्दै गाको भनि गुनासो गरे । कास्की जिल्ला विकास समितिका इन्जिनियर नारायण श्रेष्ठ र योजना अधिकृत कृतन राज पौडेलले ३२ करोड रुपैयाँको बजेट चालु आर्थिक वर्षका लागि भएपनि १० करोड मात्र खर्च हुन सकेको जानकारी दिए । उनिहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सभासदहरुले तय गरेका योजना समयमै सम्पन्न गर्नका लागि प्रक्रिया पुरा गर्न ढिलाई भइरहेको जानकारी दिए । यसैगरी क्षेत्रीय सिंचाईका दानरत्न शाक्य, घरेलु तथा साना उद्योग कार्यालयका कृष्ण आचार्य, क्षेत्रीय पशु निर्देशनालयका देवेन्द्र लम्साल लगायत पश्चिमान्चल बिकाश क्षेत्रका बिकाश सम्बधि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
 बैठकमा बोल्दै विकास समितिका सभापति रबिन्द्र अधिकारिले राष्ट्रिय गौरबका आयोजनालाइ  बिशेष प्राथमिकताका साथ् संचालन गर्न आग्रह गरसे । उनले बिकाश आयोजनाका पुजीगत खर्च वृद्धि गर्न र राम्रो प्राबिधिक तयारीको अभाबका कारण कतिपय आयोजनाका काममा ढिला सुस्ती हुने गरेको भन्दै त्यसमा ध्यान दिन आग्रह समेत गरे । सबै कार्यालय हरुले आफुले गरेका कामहरुको जनतालाई जानकारी  दिनुपर्ने भन्दै अधिकारिले बिभागीय कार्यालयहरुले राम्रो समन्वयका साथ् काम गर्न आग्रह गरे र उनले प्रमुख हरुलाई मन्त्रालय वा बिभागमुखी मात्रै नभई स्थानीय आबश्यकतालाइ ध्यान दिन जोड दिए । बिकाश समितिका सदस्य सभासद कुमार खड्का, पश्चिमंचाल   क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया, कास्कीका ्रप्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत लगायतले विकास र जनताको सेवामा तल्लिन रहन आग्रह गरे ।
यसैबीच एक अर्कौ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले एकीकृत नेकपा माओवादीको अराजनैतिक सोंच र मोर्चावन्दीले दोस्रो संविधानसभा अत्यन्त जटिल र संकट देखिए  पनि जसरि पनि संबिधान बनाएरै छाड्ने बताएका छन् । आग्रह पूर्वाग्रह पालेर सहमति पनि नगर्ने र आफ्ना मात्रै एजेण्डालाई एमाओवादीले स्थापित गर्न खोजेको हठका कारण संविधानसभालाई अलपत्र पार्न खोजिएको उनले बताए ।

Post a Comment

 
Top