0
युवा मुक्तककार कृष्ण देवकोटाको पहिलो मुक्तकसङ्ग्रह अग्निशिखा शनिबारदेखि बजारमा आएको छ । मुक्तक मञ्च,पोखराले आयोजना गरेको कार्यव्रmममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै प्राज्ञ सरुभक्तले मुक्तक नेपाली साहित्यको एक गहन विधा भएको जिकिर गर्दैै यसले जीवन दर्शन बोल्ने बताए । मुक्तकले गागरमा सागर बोल्ने भन्दै सरुभक्तले सिङ्गो काव्य÷ महाकाव्यले दिने विचार मुक्तकले दिन सक्ने स्पष्ट पारे । स्रष्टा कृष्ण देवकोटाले नेपाली मुक्तकमा  आफूले यो कृति सानो प्रयासका रुपमा मात्र ल्याएको बताए ।
कृतिको समीक्षा गर्दैै मुक्तककार तथा समीक्षक नारायण मरासिनीले कृष्णका मुक्तकहरु सम्पूर्ण मुक्तकीय गुणहरुले युक्त भएको दाबी गरे । संरचनागत हिसाबले रुवाइयात शैलीका मुक्तकहरु नै देवकोटाको कृतिमा समावेश भएको भन्दैै मरासिनीले यसले पोखरेली मुक्तकहरुको प्रतिनिधित्व गर्ने समेत बताए ।  मुक्तक मञ्चका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, ट्याक्सी व्यवसाय समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशमणि तिवारी, संस्थाका सल्लाहकार लक्ष्मण थापा, संचारकर्मी दीपेन्द्र श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, हरिप्रसाद बराललगायतले शुभकामना दिएका थिए । कार्यव्रmमको सञ्चालन मञ्चकी सचिव सरला सरुले गर्नुभएको थियो । देवकोटाले आफ्नी छोरी अनुष्का देवकोटाको पहिलो जन्मदिन तथा नयाँ वर्षको अवसरमा कृति बजारमा ल्याएका हुन. । देवकोटाको कृतिमा १२५ वटा विभिन्न धारका मुक्तकहरु समेटिएका छन् ।

Post a Comment

 
Top