गोल्डेन न्यूज संवाददाता
पोखरा २२ चैत ।
पोखरा उपमहानगरपालिकाका नवआगन्तुक कार्यकारी अधिकृत उदयबहादुर राना मगरले पोखरा उपमहानगरपालिकाको १८औं नगर परिषद्बाट पारित बजेट, नीति र कार्यक्रमको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । एक साताअघि पोखरा आएका रानामगरले आफू दुई वर्षसम्म बस्न पाएमा आफूले जारी गरेको प्रतिवद्धता पूरा गर्ने बताए । ‘नगरवासी तथा आम जनताले तत्कालै कामको रिजल्ट खोज्छन् तर ऐन नियमलाई हेर्दा प्रक्रिया पूरा गर्नुपर्छ र केही ढिलाइ हुन्छ । यस्तो अवस्थामा व्यवहारिक उपाय खोजेर पनि काम गर्नुपर्ने अवस्था आउँछ’–उनले भने । उनले विभिन्न समस्याको समाधान गर्दै पोखरालाई आर्थिक विकासको माध्यमबाट पर्यटन र कृषि प्रविधि मैत्री सहर बनाउन लाग्ने बताए ।
सोमबार बिहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफ्ना २१ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरे । जनप्रतिनिधिले संचालन र व्यवस्थापन गर्नुपर्ने स्थानीय निकायहरु कर्मचारीहरुबाट नै चलाउनुपर्ने विशेष परिस्थितिमा आफूले पनि पोखराको जिम्मेवारी पाएको उल्लेख गर्दै कार्यकारी अधिकृत रानामगरले आम नगरवासीको चाहना अनुरुपको गतिविधिलाई दिशानिर्देश गर्न आफ्नो जिम्मेवारी रहेको स्पष्ट पारे । पोखराको फेवातालको प्रदुर्षण र अतिक्रमण कम गर्न नगरको विकासका लागि आन्तरिक स्रोत वृद्धि गर्न, नगरवासीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन, सूचना प्रविधि कार्यक्रमलाई व्यवस्थित गरी वडा तहसम्म पु¥याउन, आवधिक नगरविकास योजना निर्माण गर्न र नगरको विकासमा जनसहभागिता वृद्धि गर्न आफूले ध्यान दिने बताए । उनले नगरपालिकाले प्रदान गर्ने सेवा सुविधालाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउने, नगरवासीमा सुशासनको प्रत्याभूति दिलाउने, फुटपाथ व्यवस्थापन गर्ने, सडकमा राखिएका निर्माण सामाग्री हटाउने, ल्याण्डफिल्ड साइडलाई थप व्यवस्थित गर्ने, पोखरालाई प्लाष्टिकमुक्त शहर बनाउने, आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लगाउन आवश्यक पूर्वाधार तयार गर्ने, होटल तथा रेष्टुरेन्ट र मासुपसललाई थप व्यवस्थित बनाउने, सन् २०१८ सम्ममा पोखरालाई वालमैत्री नगर बनाउने अभियान अघि बढाउने, पोखरामा संचालित मण्टेश्वरीहरुको प्रभावकारी अनुगमन गर्ने, सार्वजनिक निजी साझेदारी अन्तर्गत सौर्य सडक वत्ति जडान, फोहोर मैला व्यवस्थापन र विपद व्यवस्थापन कार्यकलाई विस्तार गरिने, वातावरणमैत्री कार्यक्रम लाई कार्यान्वयन गर्ने जस्ता प्रतिवद्धता कार्यकारी अधिकारी मगरले गरेका छन् ।

यसअघि गोरखा, कलैया र विदुर नगरपालिकामा कार्यकारी अधिकृत रहेर काम गरेको आफ्नो अनुभवका साथै १६ वर्ष लामो सरकारी सेवाको अनुभवलाई मध्यनजर गर्दै आफूले पोखराको विकास र पोखरावासीलाई सक्दो सेवा दिन प्रयास गर्ने उनले बताए । कार्यक्रममा पोउमनपाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले नयाँ वडाहरुको बाटो नामाकरण गर्ने र मापदण्ड कायम गर्नका लागि नगरपालिकाका इन्जिनियरहरुलाई जिम्मेवारी दिइएको बताए । उनले नगर क्षेत्रमा मापदण्ड विपरित बनेका घर एवं निर्माण संरचनाको मापदण्ड परिमार्जन गर्न नयाँ समिति बनेको बताए । कार्यक्रममा नगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, कर अधिकृत शिवहरि शर्मा, नगर निरीक्षण अधिकृत वसन्त चालिसे र आलेप अधिकृत अनन्त कोइराला लगायतले आ–आफ्नो विभागका कामका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकारहरु भरत कोइराला, दीपेन्द्र श्रेष्ठ, महेश खाती, शिव गौतम, प्रकाश ढकाल, माधव पनेरु, दुर्गा अधिकारी, एकराज गिरी, ईश्वरी न्यौपाने, शिवराज बस्ताकोटी, हिमनीधि लौडारी, वद्रीविनोद प्रति लगायतले पोखराको पार्किङ, फोहोरमैला, फुटपाथ, चक्रपथ निर्माण, कर्मचारी व्यवस्थापन जस्ता विषयमा विभिन्न जिज्ञासा र सुझाव दिएका सुझाव दिएका थिए ।

Post a Comment