0
दीपक गौतम

सबैभन्दा पहिला संविधानसभा उपनिर्वाचनमा विजयी नेपाली कांग्रेसकी चम्पादेवी खड्कालाई बधाई । खासगरी बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं १ को सन्दर्भमा कुरा गर्दा हरेक निर्वाचनहरुमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने गरेको देखिएको छ । २०४६ सालको परिवर्तन पछि भएका प्राय सबैजसो निर्वाचनमा कांग्रेस र एमालेबीचतीव्र प्रतिस्पर्धा भएको छ । तत्कालिन नेकपा माओवादीले देशभर निर्वाचन जितेर संविधानसभाको सबैभन्दा ठूलो दल भएर उदाउँदै गरेको बखतमा पनि बागलुङको क्षेत्र नं १ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भएको थियो । संविधानसभाको पहिलो निर्वाचनमा कडा प्रतिस्पर्धाका बीच कांग्रेस उम्मेदवार हरि श्रेष्ठलाई केही मत अन्तरले पराजित गर्दै एमाले उम्मेदवार रामजीप्रसाद शर्मा निर्वाचित भएका थिए । उतिबेला पनि माओवादी प्रतिस्पर्धामा तेस्रो स्थानमै थियो र त्यस यताका निर्वाचनमा पनि तेस्रो स्थानमै छ ।

संविधानसभाको पहिलो निर्वाचनपछि नेकपा एमाले निरन्तर कांग्रेससँग पराजित हुँदै आएको छ । चाहे त्यो संविधानसभाको दोस्रो निर्वाचन होस् या अहिले भर्खरै सकिएको संविधानसभाको उपनिर्वाचन नै किन नहोस् । यसअघि सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्काले १३ हजार ५ सय मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका उम्मेदवार हिरा केसीको मत ११ हजार ९ सय ६३ थियो । सोही चुनावमा एकीकृत नेकपा माओवादीकातर्फबाट उम्मेदवारी दिएका कृष्ण केसीले ६ हजार ३ सय मत पाएका थिए । सभासद् हरि खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि भर्खरै सकिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार दिएकी चम्पादेवी खड्काले १७ हजार १ सय ७४ मतपाएर संविधानसभाको सदस्यमा निर्वाचन भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मना केसीले १५ हजार ६८ मत प्राप्त गरिन भने एकीकृत नेकपा माओवादीका कृष्ण केसीले २५ सय ५ मतमात्र प्राप्त गरी धरौटी समेत जोगाउन सकेनन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा १ हजार ५ सय ३७ मतले पराजित भएको नेकपा एमाले उपनिर्वाचनमा २ हजार १ सय ६ मतको अन्तरले पराजित भएको छ । दोस्रो निर्वाचनमा पार्टीले टिकट वितरणमा त्रुटि गरेको र जिल्लामा आन्तरिक पार्टी एकता कमजोर भएका कारण पराजय व्यहोर्नु परेको बताउने नेकपा एमालेले पछिल्लो हारलाई कसरी लिएको छ, त्यो त समिक्षा गर्ला तर अव समिक्षाले मात्रै नपुग्ने देखिएको छ । किनकी यसपाली टिकट वितरणका बेला पार्टीले पहिलाको कमजोरी दोहोर्‍याएको पनि थिएन र जिल्लामा पार्टीको आन्तरिक एकता पनि विगतको भन्दा बजबुतनै थियो । कसैसंग आग्रह(पूर्वाग्रह नराख्ने, सबैसंग समान व्यवहार गर्ने, राजनीतिक बैचारिक रुपमा पनि अब्बल र सामाजिक गतिबिधिमा पनि सक्रिय रहेकी मनकुमारी केसीको हारलाई एमालेले सामान्य रुपमा लियो भने उसको ठूलो भुलहुनेछ । यसको अर्थ हिरा केसीको हारलाई सामान्य भन्न खोजेको त होइन तर पार्टी केन्द्रदेखिका त्रुटि र जिल्लामा पार्टी एकता कमजोर भएका कारण हारियो भनेर कारण देखाउन सजिलो थियो तर अहिले सबै कुरा सहज रहेको अवस्थामा बागलुङ क्षेत्र नं। १ मा एमालेले किन चुनाव हार्‍यो भन्ने मुल प्रश्न हो ।
म्भभउबप(न्बगतबm

दीपक गौतम

हुन त श्रीमानको मृत्युपछि टिकट पाएका नेपालका महिलाहरु चुनावमा हारेको रेकर्ड सायद छैन, नेपाल र साउथ एशियामा यो ट्रेन अहिलेसम्म सफल नै छ । बाग्लुड क्षेत्र नम्बर १ मा कसरी अपबाद हुन सक्थ्यो र रु तर पनि बागलुङमा यसपालीको चुनाव एमालेले जित्नुपर्थ्यो । उसले गरेको प्रचारपसार, उसले गरेको जनशक्ति परिचालन र पार्टीभित्रको आन्तरिक सुदृढिकरणले पनि एमालेले चुनाव जित्नुपर्ने परिस्थिति थियो तैपनि किन हार्‍यो त एमालेरु कतिपयले विगतमा एमालेले राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुसँग सहकार्य गरेर चुनाव जितेको थियो पनि भन्छन्, त्यसो भए के एमाले एक्लैले बागलुङ क्षेत्र नं। १ मा चुनाव जित्नै सक्दैन त रु यसपटक पनि एमाले नेताहरुले राष्ट्रिय जनमोर्चासँग सहकार्यका लागि हात अगाडि बढाएको सार्वजनिक भइनै सकेको छ । एमालेले यस विषयमा पनि गम्भीर बहस चलाउन जरुरी छ । त्योसंगै नेता र कार्यकर्ताबीचको सम्बन्ध पनि सुधार गर्दै नियमित भेटघाट र जनताका समस्याहरु हल गर्न पार्टी पंक्तिले अझै मेहनत गर्नुपर्ने आवश्यकता छ ।

नेकपा एमालेको पछिल्ला दुई हारको प्रमुख कारण भनेको केन्द्रदेखिको गुटगत राजनीति नै हो । गुटगत राजनीतिकै कारण यसअघि निर्वाचनको मुखैमा बागलुङ नगरपालिकाकापूर्व मेयर ऋषिराम शर्मा ९शर्माको केही महिना अघि निधनभएको थियो० एमाले छोडेर एमाओवादीमा प्रवेश गर्नु र मालिकाका सामाजिक व्यक्तित्व जयभद्र रेग्मीलगायत कांग्रेसमा प्रवेश गर्नुले एमालेलाई धक्का लागेको छ भन्ने कुराको हेक्का पार्टी नेतृत्वले नराख्दा एमाले निरन्तर हार्नुपरेको हो । कांग्रेसले भोट किन्यो, पैसाको खोलो बगायो वा कांग्रेसले सत्ताको दुरुपयोग गरेर चुनाव जित्यो भन्ने एमालेको आरोपप्रति मेरो सहमति छैन । किनकी चुनाव जित्न आफू बलियो हुनुपर्छ । यसबाहेक निर्वाचनको अघिल्लो दिन एमाले कार्यकर्ताहरु संयमित हुन नसक्दा पनि चुनाव हार्न मद्दत पुगेको मेरो ठम्याई छ । चुनावमा साना घटनाहरुलाई पनि अनावश्यक प्रचारबाजी गरेर ठूलो बनाउने दुनियाकै परम्परा हो भन्ने कुराको हेक्का एमाले र उसका कार्यकर्ताहरुले राख्नु पर्छ कि पर्दैन रुअब एमालेले यस विषयमा पनि गम्भीर समिक्षा गरोस् । किनकी गायक रामजी नेपाली र राष्ट्रिय जनमोर्चा धम्जाका अध्यक्षमाथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्ने जुन समाचारहरु सार्वजनिक भए, यसले पनि चुनाव हार्न सहयोग गरेको छ । भलै राजमोका अध्यक्षमाथि आफ्नो पार्टीका कार्यकर्ताले आक्रमण नगरेको एमालेले स्पष्ट पारिनै सकेको छ ।

अहिलेको चुनाव अतिनै संबेदनशील थियो । कारण– कांग्रेस उम्मेदवार चम्पादेवी खड्कालाई सान्त्वनाका मत धेरै खस्ने सम्भावना थियो । अवस्था यतिसम्म थियो कि एमालेले सामान्य कमजोरी गर्दा वित्तिकै मतदाताहरु भड्किन सक्थे, हो त्यही भयो बागलुङमा । गायक रामजी नेपालीको खुट्टा एमाले कार्यकर्ताले भाँचिदिए वा उनीभाग्दा लडेर भाँचियो, जनमोर्चाका धम्जा अध्यक्षमाथि एमाले कार्यकर्ताले आक्रमण गरे वा त्यो पारिवारिक झगडा थियो, जे होस् एमालेको नाम जोडियो र अन्तिम समयमा कतिपय मतदाता भड्किए । एमालेले यसलाई अस्वीकार गर्न पनि सक्छ तर हारका कारणहरु मध्ये चुनावको अघिल्लो दिन जे–जे भयो त्यो पनि एउटा कारण हो । कुटपिट र भौतिक आक्रमण गरेर जनताले भोट दिने भए एकीकृत नेकपा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल बन्ने थियो । तर अवस्था त्यस्तो छैन भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

यसो त कांग्रेस उम्मेदवार चम्पादेवी खड्कालाई कतिपयले उनले लगाएका सेता कपडा हेरेर भोट दिए, कतिपयले उनका आँशु देखेर भोट दिए र कतिले पार्टीको आस्थाका कारणले भोट दिए । फेरि यो श्रीमानको सट्टामा श्रीमती जानै पर्ने पद होइन्, जनप्रतिनिधिका लागि भएको निर्वाचन हो । यो कुरा जनतामा बुझाउन पनि एमाले चुक्यो । जे जस्तो भएपनि उनले चुनाव जितिसकिन् । त्यसैले कांग्रेसले किन चुनाव जित्यो भन्दा पनि हामी चुनाव किन हार्‍यौँ रु भनेर एमालेले गम्भिर समिक्षा गरेर आगामी दिनमा यस्ता कमजोरीहरु नदोहोरिने ढंगले अघि बढोस् । अन्यथा भविष्यमा झन् मुस्किल पर्नेछ छ एमालेलाई ।
९लेखक प्रेस चौतारी बागलुङका निवर्तमान अध्यक्ष हुन् ।०

Post a Comment

 
Top