डा.विष्णु प्र.चापागाइँ
बाथ आजभन्दा सयौं वर्षदेखि सुनेको प्रचलित शब्द हो । यस रोगबारे जानकारीको अभाव हुँदा पीडित वर्ग आज पनि समाजबाट तिरस्कृत नै छ । धेरैले यसलाई अभिशापका रूपमा लिएका छन् र उनीहरू उपचारबाट समेत वञ्चित छन् । मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई अंकित गरी हाडजोर्नी, मांसपेशी, छाला, नसा दुखेर र सुन्निएर हुने रोग हो बाथ। यसले शरीरको भित्री अंग मुटु, मिर्गौला, फोक्सो, आँखा र रक्त सञ्चार प्रणालीलाई नराम्रोसँग आहत गर्ने गर्छ । हिजो बाथरोग बारे जनचेतनाको अभाव थियो । बाथका रोगी डाक्टरलाई नदेखाई आप्mनो गाउँ, पहाड, दुर्गम क्षेत्र जो जहाँ बस्ने गर्थे त्यहाँ प्रचलित अन्धविश्वासमा लागेर कोही स्यालको मासु, भालुको पित्त, बँदेलको तेल, जडीबुटी तथा अरू नानाथरीका परम्परागत उपचार गराउने गर्थे । यी सबै कुरा सुन्दा हामी कहाँ थियौं र कसरी बाँचेका थियौं भन्ने कुरा प्रकाश पार्छ । बाथ भनेको कुँजिने रोग हो । कतिपय बाथका रोगी जनचेतना, अज्ञानताको अभावले आप्mनो जीवनलाई नै गुमाई, कुण्ठित भई समाजबाटै वञ्चित भई बस्नु परेको थियो । रोग एकजना परिवारको मान्छेलाई भए पनि त्यसको प्रभाव सामाजिक, आर्थिक, दृष्टिले सबै परिवारमा परेको हुन्छ । यसको मूल्य सबैले नराम्रो तरिकाले बेहोरिएका हुन्छन्। तसर्थ हिजोको बाथरोगीको अवस्था र उनीहरूको सामाजिक जीवनबारे हामी सोच्न त के, कल्पना पनि गर्न सक्दैनौं । आजको परिस्थिति हिजोभन्दा निकै फरक छ । जसरी समाज, मानव सभ्यता तथा चिकित्सा विज्ञानको विकास हुँदै गयो, पीडित पक्ष तथा आधुनिकीकरणले गर्दा धेरै विषयमा जानकारी हुन थाल्यो। मिडियासँगै विभिन्न संघसंस्थाले यस रोगबारे समाजमा जनचेतना ल्याए, त्यसका लागि सबै धन्यवादका पात्र हुन् । आज बाथ रोगीको उपचार हुन्छ। यसको औषधि हुन्छ। हामी नियमित औषधि सेवन शरीरलाई कुँजिनबाट बचाउन सक्छौं । यसबारे जनचेतना पनि विस्तार भइसकेको छ। यो एउटा यस्तो रोग हो जुन जन्मेको बच्चादेखि वृद्धावस्थासम्म जसलाई पनि हुनसक्छ । बच्चालाई हुने बाथले उनीहरूको हड्डी बाङ्गिने गर्छ ।

तसर्थ चाँडोभन्दा चाँडो उपचार गराई यसबाट बच्नुपर्छ । अहिले बाथ रोगीका लागि निकै प्रभावकारी औषधिदेखि विविधि थरिका इन्जेक्सन पनि आइसकेका छन् । यिनले रोगीका लागि जीवनरक्षकको काम गर्छन् । यसको उपचार थोरैभन्दा थोरै तथा महँगो पनि छ । यो रोगीको अवस्था तथा आर्थिक स्थितिमा भर पर्छ । बाथको उपचारअघि विभिन्न आधुनिक उपकरणबाट रगत जाँच गराई कुन किसिमको बाथ हो भनि पत्ता लगाउनुपर्छ । आफ्नै मुलुकमा यसको सफल उपचार गर्न सकिन्छ, जुन बाथ रोगीका लागि वरदान जस्तै भएको छ । विज्ञानले प्रगति गर्दै जाँदा नयाँ–नयाँ राम्रा औषधि हाम्रो हातमा उपलबध हुँदै गएका छन्। आज हरेक विकसित देशले बाथ रोगीका लागि सरकारी तवरबाटै विभिन्न किसिमका कार्यक्रम ल्याएका छन् । यस्ता कार्यक्रमले बिरामीको जीवन सहज बनाई उनीहरूमा आत्मविश्वास बढाएको छ । आशा गरौं, त्यस्ता कार्यक्रम हाम्रो देशमा पनि विस्तारै उपलब्ध हुँदै जान्छन् र तिनले बाथरोगीमा आशाका नयाँ किरण ल्याउनेछन् । वास्तवमा बाथ अभिशाप हैन रोग हो, जनचेतना जगाई सफल उपचार गरे शरीर कुँजिनबाट बचाउन सकिन्छ।
(लेखक आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि.
पोखरा–१०, इन्द्रचोकका प्रबन्ध निर्देशक हुन् ।)

Post a Comment