पोखरा २७ चैत । उपप्रधान तथा गृहमन्त्री
वामदेव गौतमले सशस्त्र प्रहरी बलका नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी
कर्मचारीहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाँती राखेर शान्ति सुरक्षाका
क्षेत्रहरुमा नविन योजना लागू गर्दै अगाडी बढन आग्रह गर्नुभएको छ । उहाँले
शान्ति सुरक्षाको क्षेत्रमा योगदान पु¥याउँदै आजको दिनसम्म आइपुग्दा
सशस्त्र प्रहरी बलले एउटा अब्बल सुरक्षा निकायको रुपमा आफ्नो स्थान
सुरक्षित गर्न सफल भएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. १० सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री गौतमले शुक्रबार सो कुरा बताउनु भएको हो ।उपप्रधान तथा गृहमन्त्री गौतमले त्यस अवसरमा सशस्त्र प्रहरी बलले असहज परिस्थितिमा समेत अत्यन्तै क्षमतावान भई पेशागत कौशल प्रदर्शन गरेको इतिहास साक्षी रहेको चर्चा गर्नुहुँदै आज शान्ति एवं संक्रमणकालिन परिस्थितिमा शान्ति सुव्यवस्था कायम राख्न सरकारको भरोषाको केन्द्रको रुपमा पहिचान बनाउँदै नागरिकको वास्तवीक सहयोगी बनेको कुरा सशस्त्र प्रहरी बलको क्रियाकलापबाट प्रष्ट भएको उल्लेख गर्नुभयो ।
पेशागत जिम्मेवारी निर्वाहमा परिचालित भई
सशस्त्र प्रहरी बलले उच्च स्तरको व्यावसायीकता प्रदर्शन गरेको तथा स्वदेश र
विदेशमा समेत शान्ति सुरक्षा कार्यमा महत्वपूर्ण योगदान पु¥याएको जानकारी
सरकारले प्राप्त गरेको कुरा दिक्षान्त समारोहमा उल्लेख गर्नुहुँदै उहाँले
त्यो ज्ञान र सीप नेपाल र नेपालीको सम्पत्तीको रुपमा सधैं रहने चर्चा
गर्नुभयो ।उपप्रधान तथा गृहमन्त्री गौतमले सरकारले संविधान निर्माण गर्ने
क्रममा अधिकतम प्रयास गर्दै आएको बताउनुहुँदै संविधान निर्माणलाई नै यस
सरकारले मूल कर्तव्य ठानेको बताउनुभयो । उहाँले यस पवित्र कार्यमा सवै
जनताको सद्भाव एवं निःस्वार्थ सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘म यस अवसरमा सवैमा
आ–आफ्नो असन्तुष्टि र स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि संविधान
निर्माण गर्ने पवित्र कार्यमा सहकार्य गर्न आग्रह एवं अनुरोध गर्दछु ।’
उहाँले यस कार्यमा सवैले सहमति र सहकार्यको संस्कार विकास गर्दै होष्टेमा
हैंसे गर्दै अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।सशस्त्र प्रहरी
महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बलले पहिलो पल्ट अन्तर्राष्ट्रिय
मापदण्ड अनुरुपको व्यावसायीक तालिमको रुपमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज
स्थापना एवं तालिम संचालन गर्न लागेको तथा संगठनले पहिलो पल्ट गणपति तालिम
समेत संचालन गर्न लागेको बताउनुभयो ।
मानवअधिकारको उल्लंघन, आर्थिक अनुशासन,
लैंगिक हिंसा जस्ता घटनामा सशस्त्र प्रहरी बलले शून्य सहनशीलताको नीति
अबलम्बन गरेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले यस्ता
गतिविधिमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारी दोषी देखिएमा व्यक्तिगत रुपमा
जिम्मेवार हुनुपर्ने संगठनको स्पष्ट नीति रहेको बताउनुभयो ।उहाँले संगठनमा
आबद्ध जनशक्ति सधै उच्च मनोवलयुक्त एवं सिर्जनशील जोस जाँँगरयुक्त रहनु
पर्ने बताउनुहुँदै सोका लागि संगठनले विभिन्न कल्याणकारी योजना
कार्यान्वयनमा ल्याई वहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं
अमर सशस्त्र प्रहरीको परिवारको हिततर्फ कल्याणकारी कार्य भइरहेको उल्लेख
गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले
सशस्त्र प्रहरी बलले निर्वाह गर्ने भूमिकाहरु देश र जनताको हिततर्फ सधैं
उन्मुख रहने उल्लेख गर्नुहुँदै नागरिकको सेवा र सुरक्षामा सिघ्र परिचालन भई
गरिएका कार्य र पारदर्शी कार्यसम्पादनबाट संगठनप्रति जनताको आशा एवं भरोषा
बृद्धि भएको चर्चा गर्नुभयो ।समारोहमा सो तालिम महाविद्यालयका समादेशक
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजु अर्यालले तालिम सम्बन्धी प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो ।सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन
पोखरामा संचालित उक्त तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक
मानबहादुर कटवाल तालिममा सर्वप्रथम भएका छन् । यसैगरी कवाजतर्फ कृष्णकुमार
भण्डारी, चाँदमारीतर्फ देवबिक्रम थापा र शारिरिक सहिष्णुतातर्फ निरञ्जन
कार्की प्रथम भएका छन् ।गतवर्ष माघ २६ गतेबाट संचालित उक्त तालिममा कूल २४
जना प्रशिक्षार्थीहरुले सफलता हासिल गरेका छन् ।
Post a Comment