गजलकार स्व. कौशला लामिछानेको स्मृतिमा समाचारमूलक अनलाईन पोर्टल नेपाल रिपोर्टस् डटकमले ‘कौशला स्मृति नेपाल रिपोर्ट्स राष्ट्रिय गजल पुरस्कार’ घोषणा गरेको छ । गजलकार तथा नेपाल रिपोर्ट्स डटकमका प्रकाशक एवं नेपाल रिपोर्ट्स मिडिया एण्ड इण्टरटेन्मेन्टका अध्यक्ष विज्ञान कँडेलले यसअघि नै आफ्नो गजल सँग्रह ‘देश हिँडीरहन्छ म हिँडिरहन्छु’ बिक्रीबाट संकलन भएको रकम क्यान्सर पीडित गजलकार लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका थिए ।रक्त क्यान्सरबाट पीडित लामिछानेको गत चैत ९ गते उपचारकै क्रममा निधन भएपछि, कँडेलले पुस्तक बिक्रीबाट संकलित रकम नेपाल रिपोर्ट्समार्फत् पुरस्कार प्रदान गर्नेगरी घोषणा गरेका हुन् ।‘पहिलो बर्ष पुरस्कारका लागि संकलित रकम नै प्रयोग गरिनेछ ।’ अध्यक्ष कँडेलले भने– ‘आगामी बर्षहरुमा अक्षयकोष स्थापना गर्ने योजनामा छौं, नभएपनि हरेक बर्ष नेपाल रिपोर्टस् ले नै व्ययभार ब्योहोर्ने गरी पुरस्कारलाई निरन्तरता दिनेछौं ।’ नगद रु. २५ हजार रुपैयाँ राशीको पुरस्कार गजल विधामा संलग्न संघसंस्था तथा अग्रज गजलकारहरुसँग समन्वय गरी सक्रिय कुनै एकजना गजलकारलाई प्रदान गरिने उनले बताए । काठमाडौंको अल्का अस्पतालमा उपचार गराईरहेकी २८ वर्षीय लामिछानेको चैत ९ गते बिहान निधन भएको थियो । ‘देश हिंडीरहन्छ म हिंडीरहन्छु’ गजल सँग्रहको निश्चित मूल्य नतोकिएको भएपनि बिशेष बिक्रीबाट पाठकले स्वः स्फूर्त सहयोग गरेका थिए । लामिछानेको उपचार खर्च जुटाउन देश विदेशमा समिति नै गठन गरेर अभियान नै थालिएको थियो । नुवाकोटको खानीगाउँमा जन्मेकी कौशला लामिछाने कविता र गजल विधामा सक्रिय थिइन् । त्रिशूली वाङ्यमय प्रतिष्ठानकी कार्यसमिति सदस्य समेत रहेकी लामिछाने ज्योति साहित्य प्रतिष्ठानको आजीवन सदस्य पनि थिइन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment