पोखरामा संचालित होटल तथा क्याटरिङ व्यवसायका किचनहरुमध्ये ६० प्रतिशतमा सरसफाइमा ध्यान नदिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयले पोखरामाआयोजना गरेको कार्यक्रममा बोल्ने होटल तथा क्याटरिङ व्यवसायीहरुले सो कूरा स्वीकार गरेका हुन् । दक्ष जनशक्तिको अभाव, भएको जनशक्ति पनि पलायन हुनु र टेड युनियन समस्याका कारण मजदुरहरुलाई काममा लगाउन कठिन हुँदा उक्त समस्या देखा परेको उनीहरुको भनाइ छ । आफूहरुले उपभोग गर्ने बस्तुहरुमा पहिले स्वयं उपभोक्ता नै सचेत हुनुपर्ने देखिएको छ । उपभोक्ताले किचनमा गएर अवलोकन गरिसकेपछिमात्रै खानेकुराको मेनु मगाउने गर्ने हो भने व्यवसायीहरु बाध्य भएर गुणस्तर र सरसफाइमा थप ध्यान दिने वक्ताहरुको भनाइ छ । पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघका अध्यक्ष लीला जिसीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका खाद्य निरीक्षक शिवजी बराल, उपभोक्ता मञ्च कास्कीका उपाध्यक्ष रमेश पौडेल, सिटी रेवानका अध्यक्ष केपी पाध्या लगायतले व्यवसायीहरु उपभोक्तामुखी भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा संचालित विभिन्न ७३ वटा क्याटरिङमा १ अर्ब बढी लगानी भएको हुँदा व्यवसायीहरु स्वयं नै उपभोक्तालाई स्वच्छ र गुणस्तर खाना खुवाएर व्यवसायीक बन्नुपर्ने देखिन्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment