0
लायन्स क्लव अफ पोखरा भैरबको २०१५।१६ को लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ । पोखरा भैरवमा नयाँ पदाधिकारी निर्वाचन गराउन सल्लाहकार तीर्थमान प्रधानाङ्गको संयोजकत्वमा सुरेन्द्रमान विजुक्छे, सम्मरबहादुर श्रेष्ठ र नरेन्द्र कुमार श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति बनेको थियो । नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्षम बुद्ध बहादुर उदास ताम्राकार, प्रथम उपाध्यक्षमा गौतम विजुक्छे, द्वितीय उपाध्यक्षमा हरिभक्त पौडेल, तृतीय उपाध्यक्षमा विनोद द्वा, सचिवमा जगननाथ तिमिल्सिना, सहसचिवमा श्याम मल्ल, कोषाध्यक्षमा श्रीकृष्ण कतिला, सहकोषाध्यक्षमा आनन्द किशोर बाटाजु, टेलट्वीस्टरमा विनोनदराज सुवेदी, टेममा शरणकाजी श्रेष्ठ, निर्देशक सदस्मा सुकदेव गौतम, स्वास्थ्य वातावरणमा निर्मल विजुक्छे, अर्थमा कृष्ण मल्ल, जनसम्पर्कमा रमेश बाटाजु, खेलकुद शिक्षामा पुष्कर श्रेष्ठ, अन्तर्राष्ट्रिय समन्वयमा राजु बहादुर कोइराला निर्विरोध निर्वाचित भएका छन् । समितिकोे सल्लाहकार समितिमा तीर्थमान प्रधानाङ्ग, सुरेन्द्रमान विजुक्छे, सम्मरबहादुर श्रेष्ठ, ला.नरेन्द्र कुमार श्रेष्ठलाई चयन गरिएको छ ।  कार्यक्रममा क्लवका को–एक्सटेन्सन चियरपर्सन तथा रिजन चियरपर्सन उत्तम बुद्धाचार्य, क्लवका गाइडिङ्ग लायन तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष सुरेन्द्रमान विजुक्छे र सल्लाहकार तिर्थमान प्रधानाङ्ग लगायतले बोलेका थिए ।  क्लवका अध्यक्ष ञ्जयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव विनोद द्वाले गरेका थिए ।
यसैगरी लायन्स क्लब अफ पोखरा भद्रकालीको वर्ष २०१५÷१६ को लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । क्लबका अध्यक्ष केशव अमगाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा आगामी वर्षको अध्यक्षमा खुबहादुर बराल, सचिवमा भरत कोइराला र कोषाध्यक्षमा वसन्तराज सिग्देल निर्वाचिन भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा राजु क्षेत्री, द्वित्तीय उपाध्यक्षमा धनेश्वर अधिकारी, तृतीय उपाध्यक्षमा नरेश नेपाल चयन निर्वाचित भएका छन् । क्लबको सहसचिवमा रामप्रसाद शर्मा, सहकोषाध्यक्षमा प्रेसप्रसाद चापागाई्रं,  जनसम्पर्क अधिकारीमा लिलाबहादुर भण्डारी, टेलट्वीस्टरमा पदमपाणि शर्मा, टेमरमा कृष्णप्रसाद ढकाल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा कल्याणकुमार ढेवाजू, भाष्कर पौडेल, मोहन केसी, दीलिप प्रधान, गोकुल शर्मा, लोकेन्द्र राजभण्डारी, डा बद्रि पौडेल, मोहदत्त पोख्रेल, अरविन पौडेल र वन्धुराज सिग्देल चयन भएका छन् । सल्लाहकारमा संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देल, किशोरदत्त बराल, शंकर ज्ञवाली, शिरोमणि लामिछाने, बुद्धिराज बराल, दीपकराज तिवारी चयन भएको सचिव भरत कोइरालाले बताए । शिक्षा, स्वास्थ्यलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरु मिलेर स्थापित क्लबले आफ्ना गतिविधिलाई सचेतनामूलक कार्यक्रममा केन्द्रित गरेको छ ।
यसैगरी लायन्स क्लव अफ लेखनाथले विगत १० बर्षदेखि संचालन गर्दैै आएको बाख्रा पैचाें कार्यक्रम अन्तर्गत लेखनाथ नगरपालिका वडा नं १० बेगनासमा रहेको माझथर महिला समूहलाई बाख्रा वितरण गरिएको छ ।  गरिब तथा विपन्न परिवारको आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले क्लवले माझथर महिला समूहलाई एक कार्यक्रमका बीच १८वटा बाख्रा वितरण गरेको हो । क्लवका अध्यक्ष जगत बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा बाख्रा पौचो कार्यक्रमका संयोजक शेरबहादुर गुरुङले ग्रामीण भेकका महिलाहरुको आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ संचालीत योजनाबाट करिब पाँच हजार घर परिबार लाभान्वित भएको बताए ।

Post a Comment

 
Top