गोल्डेन न्यूज संवाददाता
पोखरा २० चैत ।
सञ्चार व्यवसायी समिति, पोखरा कास्कीले लेखनाथ–१३ लामेआहलमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको छ । संस्थाको २० औं स्थापना दिवसको अवसरमा करिव २० हजार रुपैया बराबरको दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, आटा र फलफूल वितरण गरेको अध्यक्ष धनञ्जय पौडेलले जानकारी दिए ।
संस्थागतरुपमा वि.स. २०६८ सालमा शुरु भएको वृद्धाश्रममा हाल ४४ जना वृद्धवृद्धाहरु छन् । सो मन्दिरमा हला गुरुकुल, गौशाला र वृद्धाश्रम सञ्चालित छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त एवम् अध्यक्ष लक्ष्मीशरण उपाध्यायले मानिस जन्मेपछि एकपटक बुढो हुनुपर्ने बताउदै उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयका प्रधानाध्यापक फडिनारायण सिग्देलले आफ्नो भाषा, धर्म र संस्कृति जोगाउन सके पहिचान रहने बताए ।
सञ्चार व्यवसायी समिति, पोखरा कास्कीका अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका निर्वतमान अध्यक्ष जयन्द्रराज भण्डारी, सचिव प्रेम दाहाल, सदस्य पवित्रराज तिवारी लगायतले बोलो थिए । व्यवसायिक ऐक्यवद्धता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ वि.स. २०५३ सालमा स्थापित समितिमा १ सय ४० सदस्य छन् ।

Post a Comment