पोखरा–१२, पुरानो धारामा रहेको आदर्श समाज सामाजिक संस्थाको नयाँ कार्यसमितिले पद भार ग्रहण गरेको छ । कार्यक्रममा नववर्ष २०७२ को शुभकामना आदान–प्रदानका साथै संस्थाको नयाँ पदाधिकारी एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक शम्भुराज बाँस्तोलाले पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । त्यसै गरी सोहि अवसरमा नववर्ष २०७२ तथा कार्यसमिति लाई बधाई सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष कृृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु जगन्नाथ कोइराला, चन्द्रनाथ कोइराला, राधेश्याम कोइराला, सुर्यनाथ कोइराला, निवर्तमान अध्यक्ष वशन्तराज कोइराला, संस्थाकी महिला समूह अध्यक्ष जानुका कोइराला, संस्थाका कोषाध्यक्ष सूर्य प्रकाश कोइराला, समाधान राष्ट्रिय दैनिकका महेन्द्र ढु्रंगाना, नवनिर्वाचित उपाध्यक्ष विजयालक्ष्मी कोइराला, उपाध्यक्ष चन्द्र प्रकाश कोइराला, सचिव नारायण प्रसाद कोइरालाले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Home
»
Flash
»
पोखरा सेरोफेरो
»
बिज्ञान-प्रबिधि
»
संघ संस्था गतिबिधी
» आदर्श समाज संस्थाका पदाधिकारीको पदस्थापन
Subscribe to:
Post Comments (Atom)
Post a Comment