पोखराको नदीपुरमा रहेको सेती नदीस्थित तुल्सीघाट तथा बाटो निर्माण कार्य सुरु भएको छ । दाह संस्कारको क्रममा शव लिएर सेतीको घाटमा पुग्नै नसकिने अवस्था आएपछि स्थानिय वासिन्दाले स्वतःस्फुर्त रुपमा आर्थिक संकलन गरेका थिए । हाल सोही सहयोगमा गाविस, नगरपालिका र भु–संरक्षण कार्यालयको सहयोगमा निर्माणको कार्य भएको छ । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पार्दीका हवल्दार विष्णुबहादुर थापाको नेतृत्वमा १४ प्रहरी जवानहरु र पोखरा–३, नदीपुरस्थित महिला मिलन समूहकी पूर्व अध्यक्ष विष्णुकुमारी पराजुली सहितको समूहले सहयोग गरिरहेका छन् । सेतीको किनारमा ८० मिटर लम्बाई, तीन मिटर अग्लो तारजाली ग्यावीन बनाउने योजना अनुरुप हुँदै छ । एक सय ५० मिटरको पिभिसी ढलान वाटो, ८० मिटर सिंढी बाटो निर्माण गर्न सो कार्यको लागि आर्थिक सहयोग सातलाख भन्दा बढि, भु–संरक्षण कार्यालय तारजालीको लागि ३ लाख, जिविस कास्कीले सिमेन्टको लागि एक लाख र नगरपालिका कार्यालयले पाँच लाख ९८ हजार आर्थिक सहयोग गर्ने सहकोषाध्यक्ष पुरुषोत्तम पन्तले गोल्डेन न्यूज दैनिकलाई बताए । पोखरा वडा नं. १, २, ३, सराङकोट, ग्यारजाली तथा मेस्लाङलगायतका स्थानियवासीले वर्षौेदखि प्रयोग गर्दै आएको घाटको निर्माण लाखौं खर्च हुने भएकोले स्थानियवासीलाई मन खोलेर सहयोग गर्न सोही स्थानमा खटिएका तुल्सीघाट तथा बाटो निर्माण समितिका सहसचिव अष्टमान प्रधानाङ्ग र सदस्य कृष्ण तामाङले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment