पोखरा जेसीजले शनिबार ४१ औं वार्षिकोत्सव मनाएको छ । सन् १९७५ मा स्व. केशवलाल श्रेष्ठको अध्यक्षतामा स्थापित पोखरा जेसीज मुलुककै उत्कृष्ट शाखा मध्येको एक मानिन्छ । जेसीजले वार्षिकोत्सवको सन्दर्भमा जेसीज विकईण्ड प्रोग्राम तथा मुलुकमै प्रतिष्ठित मिस पोखरा कन्टेष्टलाई निरन्तरता दिने समेत जनाएको छ । कार्यक्रममा बोल्दै जेसीजका पूर्व अध्यक्ष सिनेटर सुवास सिग्देलले पोखरा जेसीज चार दशक लामो ईतिहास बोकिसकेका ले अझै यसको गतिविधिलाई फराकिलो पार्दै लैजानुपर्ने आवश्यकता औंल्याए । युवाको क्षमता तथा नेतृत्व विकासका लागि क्रियाशील जेसीजमा आबद्ध युवाहरु समाजका हरेक क्षेत्रमा ढाड फर्काएर होईन छाती देखाएर अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।
पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष गायत्री कुँवरले पोखरा जेसीज र पोखरा लेडी जेसीजको सहकार्यले समाजले सम्झने गतिविधि गर्नुपर्नेमा जोड दिँदै युवाहरु विकासमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिईन् । उनले पोखरा जेसीजलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सम्पूर्ण पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुलाई आभार व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षता गरेका निवर्तमान अध्यक्ष तिलकराम पौडेलले संस्थाको विधान अनुसार रहेर सबै युवाहरु हातेमाले गर्दै अघि बढ्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष किरण केसीले स्वागत, कार्यक्रम संयोजक शक्ति बरुवालले धन्यवाद ज्ञापन र महासचिव शालिकराम गिरीले सञ्चालन गरेका थिए । आस्थापाठको अगुवाई उपाध्यक्ष सुवास सुवेदीले गरेका थिए ।

Post a Comment