गोल्डेन न्यूज संवाददाता
पोखरा २१ चैत ।
पोखराका विभिन्न पेशा तथा व्यवसायमा संलग्न महिला उद्यमीहरु ग्रामिण पर्यटन प्रर्वद्धन अभियान अन्तर्गत पर्यटकीय गाउँ घान्द्रुकको स्थलगत अवलोकन गरी शनिबार पोखरा फर्किएका छन् । दुइ दिने भ्रमण सकेर र सो टोली पोखरा फर्किएको हो । मेट्रो इन टुर्स एण्ड ट्राभल्सका प्रोपाइटर कमला गीरीको संयोजकत्वमा शुरु गरीएको सो अभियानमा २७ जना महिला उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो । पोखरा देखि खिम्चेसम्म २ घण्टाको बस यात्रा र त्यहाँबाट १ घण्टाको पैदल यात्रा गरेर रमणीय घान्द्रुक पुग्न सकिन्छ ।

टोलीलाई घान्द्रुक –८ मा अवस्थित सांग्रिला गेष्ट हाउसका बुद्धिलक्ष्मी गुरुङ्ग र स्थानीय आमा समूहहरुले स्वागत गरेका थिए । स्थानीयको आत्मियता र ढुंगाले छाएका एकनासका घरहरु, लालिगुराँसले ढकमक्क वातावरण, खुलेको माछापुच्छ्रे दृश्यलाई शब्दमा वर्णन गर्न नसकिने सहभागी थुम्रो इन्टरनेशनल बैदेशिक विभाग प्रमुख एवं समाजसेवी माया गुरुंङ्गले बताइन । त्यसैगरी सौन्दर्यकर्मी चिनु गुरुङ्गले व्यवसायिक रुपमा सधै व्यस्त भइरहने हुँदा यस्ता घुमघामहरुले तनाव कम गर्ने र नयाँ ऊर्जा प्रदान गर्ने भन्दै घान्द्रुक यात्रा निकै उपलब्धि मुलक रहेको बताइन । संचारकर्मी एवं महिला उद्यमी सीता बरालले देश भित्रका घर आँगनमा रहेका यस्ता रमणीय गाउँहरु प्रत्येक नेपालीले अवलोकन गर्नुपर्ने र प्रचार प्रसारमा जुट्नु पर्ने बताइन ।
व्यस्त जीवनशैलीका कारण उद्यमी महिलाले घुमघामलाई ध्यान दिन नपाएको अवस्थामा यस्ता अभियानहरुले घुम्नकालागी प्रेरणा प्रदान गर्ने कार्यक्रम संयोजक कमला गिरिले बताइन । उनले अब मनाङ्ग, मुस्ताङ्ग, सिरुबारी लगायतका पर्यटकीय संभावन बोकेका ठाउँहरुको प्रचार प्रसारमा महिला उद्यमीहरु लागिपर्ने जानकारी दिइन ।
Post a Comment