पोखरा, २५ चैत ।
सयपत्री बचत तथा ऋण सहकारी सस्थाको १५ सदस्यीय टोली भारतको मुम्वई र गोवा लगायत सहर घुमेर पोखरा फर्केका छन् । छिमेकी मुलुकका सहकारी सञ्चालन विधि तथा लगानी सम्वन्धी नयाँ योजनाको वारेमा अध्ययन गर्न कास्की जिल्ला नै आफ्नो कार्यक्षेत्र रहेको सयपत्री सहकारीले एक हप्ताको भ्रमण गरेको भ्रमण टोली संयोजक एवं सस्थाका प्रवन्ध सञ्चालक धर्मप्रसाद बास्तोलाले जनाए । आर्थिक सुदृढीकरण, सहकारीको लगानी क्षेत्र, सेयर सदस्यलाई सहकारीको बारेमा थप जानकारी प्रदान गर्न आर्थिकरुपमा सम्पन्न वन्दै गएको राष्ट्र भारतका विभिन्न क्षेत्रका सहकारीको अवलोकन गरेको भ्रमणमा सहभागी सस्थाका सल्लाहकार टिकाबहादुर कार्कीले जानकारी दिए । ५८ औं सहकारी दिवसमा ¥याली तथा कार्यक्रमले जिल्ला प्रथम र लेखा प्रणालीमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीको अनुगमनमा कास्कीका सहकारी मध्ये उत्कृष्ठ पुरस्कार प्राप्त सहकारीले कृषिमा आलुखेती, सेयर सदस्यलाई उज्यालो अभियानमा सोलार प्लाण्ट, वातावरण स्वच्छ राख्नकोलागि प्लास्टिक मुक्त अभियानमा झोला वितरण, ट्राफिक व्यवस्थापनकालागि आइल्याण निर्माण जस्ता कार्य गर्दै आएको सहकारीले नेपालका विभिन्न सहकारीको भ्रमण गरिसकेको छ । कास्की जिल्ला नै कार्यक्षेत्र रहेको सहकारीले विपन्न, गरिव तथा आयमुलक क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने योजनाका साथ भारत भ्रमण गरेको सहकारीले जनाएको छ । सहकारीको भारत भ्रमणमा लक्ष्मी जोजिजू, मन्दीरा बास्तोला, टिकाबहादुर कार्की, धर्मप्रसाद बास्तोला, विनोद अधिकारी, धर्मराज आचार्य, विश्वमायाँ बास्तोला, श्रवण कुमार द्धा, धनमायाँ गुरुङ, टुवराज बास्तोला, कमलादेवी अधिकारी, ऋषिराम पौडेल, नवराज बास्तोला, जुना कार्की, जगन्नाथ बास्तोला सहभागी रहेका थिए । ५ करोड १० लाख सेयर पुँजी रहेको सहकारीले २३ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक सम्बृद्धिमा रहेको छिमेकी मुलुक भारत भ्रमण पछि एक सहकारी एक उत्पादनमा जोड दिँदै भारतको अमुल दुधको उदाहरणबाट सयपत्री सहकारीले आगामी दिनमा नयाँ शैली र थप योजनाका साथ लाग्ने कोषाध्यक्ष समेत रहेका प्रवन्ध सञ्चालक धर्मप्रसाद बास्तोलाले जानकारी दिए ।

Post a Comment