0


लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेको बर्ष २०१५÷१६ को लागि कालिदास पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा विष्णु बाँस्तोला, द्वित्तीय उपाध्यक्षमा सुर्दशन बाटाजु, तृतीय उपाध्यक्षमा दीपेन्द्र प्रताप चन्द चयन भएका छन् भने सचिवमा कपिल पोखरेल, सह– सचिवमा टुल्कनाथ आचार्य र कोषाध्यषमा डिआर भट्टराई रहेका छन् । क्लवको क्लबको सदस्यहरुमा आजाद पौडेल, रवि शर्मा, दिवाकर सुवेदी, नवराज गौतम, सूर्य गुरुङ, दिनबन्धु पोखरेल, कृष्णप्रसाद लामिछाने, टेकबहादुर गुरुङ लगायत छन् । यसैगरी सदस्यता निर्देशकमा चिरञ्जीवी पोख्ररेल, पिआरओ निर्देशकमा शंकर थापा, टेलटुइस्टर राजु वैद्य, टेमर शिवराज पहारी, अर्थ निर्देशक रिजन रिजाल, स्वास्थ्य निर्देशक डा. निर्मल थापा, खेलकुद निर्देशकमा पूर्णचन्द्र न्यौपाने, शिक्षा निर्देशकमा शिवराज आचार्य, अन्तर्राष्ट्रिय निर्देशकमा लिलाबल्लभ पोखरेल, संचार निर्देशकमा कृष्ण अर्याल, वातावरण निर्देशकमा राजविक्रम ध्वजु, नेतृत्व विकास निर्देशकमा घनश्याम शर्मा, कला संस्कृति निर्देशकमा सुमन पौडेल, आयोजना निर्देशकमा कृष्ण मुरारी आचार्य, विपद्व्यवस्थापन निर्देशकमा सूर्य प्रसाद शर्मा, अतिरिक्त क्रियाकलाप निर्देशकमा खडक बहादुर थापा रहेका निर्वाचन अधिकृत तोरण कुवँंरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार सल्लाहकारमा क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्मा, इन्जिनियर रामचन्द्र पोखरेल, इन्जिनियर शिव बराल, गगन घिमिरे  र तोरण कुवँंर रहेका छन् ।क्लबका निर्वाचित कार्यसमिति लाई प्रमुख अतिथि चिफ को–अर्डिनेटर रामचन्द्र पोखरेल र निर्वाचन अधिकृत तोरण कुवँंरले सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए । नव निर्वाचित अध्यक्ष कालिदास पौडेलले क्लबलाई अझ नयाँ उचाईमा पु¥याउन आफू लागिपर्ने प्रतिवद्धता जनाए । अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बर्ष सचिव दीपेन्द्रप्रताप चन्दले गरेका थिए । यसैगरी लायन्स क्लव अफ पोखरा हिमालयनको लायन वर्ष २०१५÷१६ का लागि हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । क्लवका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरुङ्ग, द्वितीय उपाध्यक्षमा डा.इन्द्रमान महर्जन, सचिवमा सुविन्द्र श्रेष्ठ, सहसचिवमा देवीप्रसाद गुरुङ्ग, कोषाध्यक्षमा दिनेश राज शाक्य चयन गरेको हो ।
त्यसैगरी सदस्यता निर्देशकमा लक्ष्मी प्रसाद द्वा, पिआरओमा अशोक गुरुङ्ग, वित्त तथा योजना निर्देशकमा मनोज सिंह विजुक्छे, स्वास्थ्य निर्देशकमा बद्रीलाल मल्ल, ट्यामरमा विजय कुमार रन्जित, टेलट्वीस्टरमा विनोद द्वा चयन भएका छन् ।  भूपू अध्यक्ष ईश्वरमान शाक्यको संयोजकत्वमा भएको निर्वाचनमा हरिप्रसाद श्रेष्ठ निवर्तमान अध्यक्ष, सल्लाहकारहरुमा दिनेश शंकर पालिखे, ईश्वरमान शाक्य र विमल श्रेष्ठ चयन भएका छन् ।
यसैगरी लायन्स क्लव अफ फिस्टेल सिटीले एक कार्यक्रमका बीच कास्कीको पञ्चासे पुम्दी–भुम्दीका तारे भिरका विपन्न वर्गलाई वाख्रा वितरण गरेको छ । क्लवका अध्यक्ष रामचन्द्र थापा, उद्योगपति चन्द्रकान्त बरालले गाउँका ६ जनालाई एक–एक वटा वाख्रा वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बरालले दुर्गा निमाविमा आफ्नो नाउँमा ३० हजारको अक्षयकोष खडा गरी विद्यार्थीलाई हरेक वर्ष शैक्षिक सामाग्रि तथा छात्रवृत्ति हस्तान्तरण गर्ने प्रतिवद्धता जाहेर गरे । वाख्रा वितरण कार्यक्रमका संयोजक तथा पोखरा उपमहानगरपालिकाका इञ्जिनियर अरुणराज पौडेलले समेत ८ हजार सहगोग हस्तान्तरण गरेका थिए । दुई दिनसम्म क्लवका सदस्य सहितको टोली उक्त गाउँमा वसी गाउका समुदायहरुलाई जनजागरण, सचेतना तथा सरसफाई सम्वन्धी तालिम समेत प्रदान गरेका थिए । तालिममा क्लवका निर्देशक श्रीवहादुर रानाभाट, ई अरुणराज पौडेल र निर्मलराज बरालले सहजीकरण गरेका थिए । अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवि तथा उद्योगपति चन्द्रकान्त बरालले क्वलले गाउँ–गाउँमा पुगेर सचेतना र ग्रामिण विकासका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता आंैल्याए । कार्यक्रममा क्लवका रिजन चियर पर्सन उमानाथ बराल, फिस्टल सिटी लायन्स क्लवका पूर्व अध्यक्ष प्रेमवहादुर जिसी, कविराज आचार्य, रिजन शेरचन, सनतकुमार भट्टराई, निर्मलराज बराल लगायतले आ–आफ्नो भनाइ राखेको निर्देशक श्रीवहादुर रानाभाटले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सोही कार्यक्रममा  आगामी वर्ष २०१५÷०१६को लागि निर्माचित कार्यसमितिको नामावली समेत सर्वसम्वत रुपमा सोही कार्यक्रममा घोषणा गरिएको थियो । 

Post a Comment

 
Top