पाखरा, २१ चैत ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामपाटन पोखराका समादेशक एसएसपी राजु अर्यालले गाउँ एकैपटक शहर नबन्ने भएकोले विकासका लागि स्थानीयवासीले नै पहल गर्नुपर्नेमा जोड दिएका छन् । राउण्ड रिङ वेगनास साईकल रुटको प्रवद्र्धनका लागि शनिबार लेखनाथ नगरपालिकाको वडा नं.९ स्थित सिम्ले थप्रेटा पुगेका प्रमुख अतिथि एसएसपी अर्यालले भने– पोखरा नजिकै भएर पनि यो ठाउँ ओझेलमा परेको देख्दा दुःख लाग्यो । रमणीय र प्राकतिक सुन्दरताले भरिपूर्ण यस ठाउँको विकासका लागि अब तपाईहरुले स्थानीय स्रोतसाधनको प्रयोग गरी आजबाट नै अघि बढ्नु पर्दछ ।
पोखराको न्यूरोडबाट यात्रा शुरु गरेको सो टोलीले रेडियो अन्नपूर्णले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर लेखनाथ नगरपालिकाको मोहरिया हुँदै लामास्वाँरा, स्याङखुदी, सिम्ले फप्रेटा, रालमारे, भञ्याङ, सुन्दरीडाँडा, पचभैया हुँदै फेरि मोहरिया पुगेर अन्त्य भएको थियो । टोलीमा २५ जनाको सहभागिता रहेको थियो । सो रुटमा पुग्नका लागि पोखराबाट मोहरियासम्मको दुरी १२ किलोमिटर र मोहरियाबाट राउण्ड रिङ बेगनास साइकल रुटको दुरी १६ किलोमिटर रहेको छ
साइकल सिटीका अध्यक्ष जीतेन्द्रमान शाक्यले ५० औंपटक रक्तदान गर्दै २५ जनाको टोलीसहित वेगनास पुगेका थिए । सो ठाउँलाई राउण्ड रिङ वेगनास साईकल रुटको रुपमा प्रवद्र्धन गर्न पत्रकार सुशिल नेपालीले शनिबार भएको यात्राको छायाँकन गरेका थिए । डकुमेन्ट्रीका लागि प्रस्तुत गर्ने सोंच बनाएका पत्रकार नेपालीले बृहत पोखराको अवधारणा अघि बढिरहेको बेलामा यस क्षेत्रको पर्यटकीय सम्भावना धेरै भएको बताए ।
साइकल सिटीका अध्यक्ष शाक्यले स्वास्थ्यका लागि र मनोरञ्जनका लागि पनि यो रुट धेरै राम्रो भएको बताए । सारा पोखरेलीहरु यतिबेला आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गइरहेका छन्, अध्यक्ष शाक्यले भने–पोखराको पर्यटनको विकासमात्र होइन, जीवनको एउटा छुट्टै मज्जा र अनुभवका लागि पनि यस ठाउँमा सबैलाई आउन आग्रह गर्दछु ।
त्यहाँ पुगेको टोलीलाई स्थानीय सिम्ले आमा समूह र गाउँलेहरुले फुलमालासहित स्वागत गरेका थिए । स्वस्फूर्त रुपमा टोलीले स्थानीय आमा समूहलाई केही आर्थिक सहयोग समेत प्रदान गरेको थियो । अतिथिलाई स्वागत गर्दै वेगनास वडा नं.९ का पूर्ववडाध्यक्ष ढकनाथ कँडेलले विस्तारै गाउँमा ठुला–ठुला व्यक्तिहरु आउने क्रम सुरु हुन थालेपछि हामीहरुमा खुशी र केही आशा पलाएको बताए ।
सिम्ले आमा समूहकी अध्यक्ष दुर्गादेवी तिवारीले आफ्नो गाउँको विकासका लागि पोखरा आईटीका सञ्चालक रञ्जन अधिकारीले खेलेको भूमिकाको खुलेरै प्रशंसा गरिन् । अध्यक्ष ति
Post a Comment