0
पोखरा, २३ चैत /
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले चैत २३ गते विज्ञप्ति जारी गरी एनेकपा माओवादी लगायतका ३० दलीय मोर्चाद्वारा आव्हान गरिएको तीन दिने आमहड्तालप्रति सञ्जालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्जाललले हड्ताल क्रममा संविधानद्वारा प्रदत नागरिकका मौलिक हक अधिकार कुण्ठित नगर्न हामी आन्दोलनरत पक्षसंग आग्रह गरेको छ । विज्ञप्तिमा संविधान निर्माणका विषयमा भएका मतमतान्तर र विमतिहरुलाई राष्ट्र र जनताप्रति इमान्दार हुन सके सहमतिको संभावनाको विकल्प नरहेको तर एकले अर्कोलाई निषेध गर्ने दाउपेचपूर्ण व्यवहारले राजनीतिक सहमतिलाई पर धकेलिइरहेको उल्लेख छ ।
राष्ट्र र जनताप्रति इमान्दार, जवाफदेही हुँदै सम्वाद र सहमतिका प्रयास तत्काल आरम्भ गर्न र यथाशिघ्र सहमतिको संविधान निर्माण प्रक्रियामा प्रवेश गर्न सम्बद्ध सवैपक्षहरुसंग जोडदार आग्रह गरिएको छ । विज्ञप्तिमा सञ्जालका तर्फबाट रामप्रसाद सुवेदी, टेकनाथ बराल, नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे ,विष्णुप्रसाद बराल, खगराज आचार्य, शिव खकुरेल, शिव पौडेल, विजया सुवेदी, ढाकाराम पौडेल, कुश्माराज आचार्य, श्याम कुँवर, सरिता पुरी,राजेश पराजुली,गिरिधारी सुवेदीले हस्ताक्षर गरेका छन् ।

Post a Comment

 
Top