मनोज बस्नेत
पोखराः आर्कषक सामान बनाउन
सके स्वदेशीमात्रै होईन विदेशी ग्राहकहरुलाई पनि लोभ्याउन सकिन्छ भन्ने
उदाहरण बनेको पोखरेली चेरिष्मा । अनेक प्रकारका पोशाक वनाएर ख्याति वटुल्दै
आएको चेरिष्मा पोखरेली र विदेशी महिलाहरुको रोजाई वनेको छ ।चेरिष्माले लेहे¨, साडी, वानपिस, सल,
कुर्ता, सुरुवाल, लगायतका सामानहरु माग अनुसार तयार गर्दछ । ‘पछिल्लो समय
बिदेशी बजारमा नेपाली सामानको माग बढेको छ’ चेरिष्माकी संचालिका सिता
बरालले भनिन् ‘त्यहा“ उत्पादित सामानस“ग हाम्रो सामानले प्रतिस्पर्धा गर्न
सकेकाले माग बढेको हो ।’ उनले आयरल्याण्ड, अष्ट्रेलिया, हङकङ, बेलायत,
जापान, अमेरिका लगायतका देशमा सामान निर्यात गदै आईरहेकी छिन् । २ बर्ष
अघिदेखि उनले बिदेशमा सामान निर्यात गर्न थालेकी हुन् ।’
भारतबाट कच्चा पदार्थ आयात गरी ग्राहकको डिजाइन अनुरुप सामान तयार गरिन्छ ।
विदेश निर्यात हुने सामानको न्यूनतम २ हजार रुपैया“ देखि ५० हजार
रुपैया“सम्म रहेको उनले बताइन् । उनको उद्योगमा १३ जनाले रोजगारी पाईरहेका
छन ।‘माग अनुसारको सामान दिन सकिरहेका छैनौ’
उनले दुखेसो पोखिन ‘भारतबाट कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यताले उत्पादन
प्रभाबित हुने गरेको छ ।’ सरकारले त्यस्ता सामान उत्पादन गर्ने उद्योगहरु
स्वदेशमै खोल्ने बाताबरण बनाईदिनु पर्ने र सामान निर्यात गर्दा सहुलियत
दिनुपर्ने उनले बताईन । स्वदेशमा दक्ष कामदारको पनि अभाव रहेको छ ।
भारतबाटै कामदार झिकाएर बिदेश निर्यात गर्ने सामान उत्पादन गरिदै आएको छ । समययता बिदेशी बजारमा लेहे¨को माग बढेको छ । बिदेशमा
बस्ने नेपालीदेखि बिदेशीले समेत लेहे¨ा खरिद गदै आईरहेका छन ।
बिदेशमा उत्पादन भएका सामान भन्दा नेपालमा
उत्पादन भएर त्यहा“ पुगेका सामानको मूल्य सस्तो रहेको उनले दाबी गरिन् ।
निर्यात गर्ने सामानको डिजाइन उनी आफै गर्छिन । ६ बर्ष अघिदेखि उनले
चेरिष्मा ब्रान्डमा लेडिज सामान उत्पादन गर्न थालेकी थिईन ।
‘व्यूटिपार्लरमा ६ बर्ष काम गरे’ उनले भनिन ‘पार्लर खस्कीदै गएपछि लेडीज
सामान उत्पादनतिर लागे ।’ डिजाइनका बारेमा उनले स्वदेशदेखि बिदेशसम्म पुगेर
तामिल लिएकी थिईन । ‘कस्तो डिजाइनले ग्राहकलाई आकर्षण गर्न सक्छ भनेर हामी
सधै लागिरहेका हुन्छौ’ उनले थपिन । आगामी दिनमा चेरिष्मा ब्रान्डका
सामानहरुलाई बिदेशी बजारमा बिस्तार गर्ने एक मात्र आफ्नो योजना गरेको उनले
सुनाईन ।
Post a Comment