राष्ट्रिय मानव अधिकार आयोगले पश्चिमाञ्चलका विभिन्न कारागार तथा थुनुवाकेन्द्रहरुको अनुगमनको आइतबारबाट प्रारम्भ गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले पश्चिमाञ्चल विकास क्षेत्रका गोर्खा, लमजुङ, तनहँु, म्याग्दी र मुस्ताङ जिल्लाका कारागार तथा थुनुवा केन्द्रको अनुगमनको सुरु गरेको हो । यसअघि आयोगले पश्चिमाञ्चालका कास्की, स्याङ्जा, बाग्लुङ्ग र पर्वतलगायत देशभरिका झण्डै ४० कारागारहरुको अनुगमन गरिसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेका अधिकारहरुको बारेमा केन्द्रित रहेर अनुगमन गर्ने कार्यक्रम रहेको छ । विशेष गरेर कारागार तथा हिरासतमा हुनसक्ने यातना, सुरक्षा व्यवस्था, कैदीबन्दीहको अवस्था, भौतिक संरचना, कारगारको क्षमता, स्वास्थ्य उपचारको व्यवस्था, शिक्षा, सूचना तथा सीप विकासको अवस्थालगायतका विषयमा अनुगमन गरी कारागारको अवस्था सुधार गर्न नेपाल सरकारलाई सिफारिस गर्ने क्षेत्रीय मानवअधिकार आयोग पोखराका निर्देशक डा. टिकाराम पोख्रेलले बताए । स्थानीय तहबाट समाधान हुनसक्ने विषयहरुमा आयोगको टोलीले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने पोख्रेलले बताए । साथै, आयोगको टोलीले बाग्लुङ्ग निर्वाचन क्षेत्र नं. १ मा चैत्र २८ मा हुन गइरहेको संविधान सभाको उपनिर्वाचनको समेत अनुगमन गर्ने छ ।
टोलीमा आयोगका माननीय सदस्य पाठकका साथै क्षेत्रीय कार्यालय पोखराका प्रमुख डा. टीकाराम पोखरेल, आयोग केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत दिव्यकुमार झा तथा क्षेत्रीय कार्यालयका अधिकृतका साथै स्थानीय मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजको समेत सहभागिता रहेको बताइएको छ । यसैबीच आयोगले आइतबार गोर्खा कारागार तथा हिरासत कक्षको अनुगमन गरेको छ ।
अनुगम पश्चात आयोगका माननीय सदस्य सुदिप पाठकले कारागारमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिए । कारागार अनुगमनपश्चात् गोर्खामा भएको अन्तरक्रिया कार्यक्रममा गोर्खाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिना, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति थियो ।

Post a Comment