0
पुरानो लोकभाकाकी संकलक तथा हमकाइलो तिजे गीतकी गायिका बदसरा पराजुलीको मंगलबार अन्त्येष्टि गरिएको छ । पोखराको रामघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न नेपाली कांग्रेस लगायत विभिन्न दल र संघसंस्थासंग संलग्न व्यक्तित्वहरु पुगेका थिए । लामो समयदेखि प्रजातन्त्र र नेपाली कांग्रेसमा लागेकी बदसराको पार्थिव शरीरमा कांग्रेस नेता शोभियतबहादुर अधिकारी, कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति शोभाचन्द्र बराल र नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ रामजी कुँवरले कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । क्यान्सरबाट पीडित बदसराको ८१ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको थियो । उनका जेठा छोरा विश्वेश्वर पराजुली नेपाल ट्रेड युनियन कांग्रेस, एम्नेष्टी इन्टरनेशनल समूह ८२ र परिवर्तनका लागि श्रमिक संवादका पूर्व अध्यक्ष हुन् भने कान्छा छोरा डा. मोतिलाल पराजुली त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् । उनका ४ छोरी मध्ये एक छोरी ठक्कर कुमारी नेपाल महिला संघ चितवनको अध्यक्ष हुन् भने पार्वती वसन्धरी र सरस्वती रहेको चापाकोट गाविसका पूर्व अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । बदसरा र उनका पति मनिरत्नको नामबाट चापाकोटको सिद्धबराह माविमा एक अक्षयकोष समेत स्थापना गरिएको छ

Post a Comment

 
Top