(अच्युत रेग्मी)
काठमाडौँ, २५ चैत । ‘एक गाउँ एक उत्पादन एवम् एक सहकारी एक मुख्य चिनारी’ नारा तय गरेको युवा स्वरोजगार कोष बेरोजगार युवाका लागि वैकल्पिक स्वरोजगारको माध्यम बन्दै गएको छ ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको समयमा विसं २०६५ देखि सुरुवात भएको उक्त कोषले सहकारीमार्फत लगानी गरेर हालसम्म २५ हजार युवालाई रोजगार दिइसकेको छ ।
पिछडिएका क्षेत्रलाई ध्यानमा राखी स्थापना भएको कोषले बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि सहुलियत ब्याजदरमा बिनाधितो रु दुई लाख कर्जा प्रवाह गर्दे आएको कोषका कार्यकारी निर्देशक विनोदकुमार हुमागार्इंले जानकारी दिनुभयो ।
दुर्गम अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्लाबाट सुरु गरिएको कोषले हाल काठमाडौँ उपत्यकाका सहकारीमार्फत काम गर्दै आएको छ ।
कोषले विभिन्न २४ बैंक र ६२४ सहकारीमार्फत रु तीन अर्ब १९ करोड ५२ लाख लगानी गरेको कार्यकारी निर्देशक हुमागार्इंले बताउनुभयो ।
“बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्न मद्दत पु¥याउनुका साथै समाजमा पछाडि परेका जातजातिलाई कर्जामा प्राथमिकता दिँदै आएको छ” उहाँले भन्नुभयो ।
“व्यावसायिक खेती पशुपक्षी पालनमा तालिम प्रदान गर्नुका साथै सहर बजार क्षेत्रमा रिक्सा, ठेलगाडा सञ्चालनलगायतका सेवामा कर्जा उपलब्ध गराउँदै आएका छौँ” उहाँले भन्नुभयो ।
कोषले स्थानीयस्तरमा उत्पादन भएका कच्चा पदार्थ र विभिन्न उत्पादित वस्तुलाई बजारसम्म पु¥याउने कामसमेत गर्दै आएको छ ।
स्वरोजगार कोषले १२ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको छ । ऋणीको आवश्यकता हेरेर निःशुल्क तालिम समेत उपलब्ध गराउने गरेको छ ।
कोषले तत्काल नाफा कमाउने व्यवसाय पशुपक्षीपालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग व्यापार व्यवसाय, रिक्सा, ठेलागाडा, सेवा सञ्चालन, परम्परागत सीप भएका व्यवसाय, अपाङ्ग, घाइते परिवार तथा सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाका लागि कोषले विशेष प्राथमिकता दिएको निर्देशक गुरागार्इंले जानकारी दिनुभयो ।
रोल्पाको सिर्जनशील कृषि महिला सहकारी संस्थाकी अध्यक्ष हिराकुमारी घलेले १६ जनालाई ऋण लगानी गरेकोमा सबै लगानी उठ्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लगानी गरेको रकम बीउबिजन, खुद्रा व्यापार, कुखुरापालन, बाख्रापालनलगायतका व्यवसायमा लगानी गरेर समयमै लगेको पैसा तिरेका छन् ।”
डोल्पामा रहेको मष्टनारायण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जङ्गबहादुर रोकाया भने १० जनाले ऋण लगेको तर ऋण उठाउन गाह्रो भएको बताउनुहुन्छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी ऋणको ९३ प्रतिशत रकम असुल उपर गरेको दाबी गर्नुहुन्छ ।
उक्त स्वरोजगार कोषमा १८ वर्ष पूरा भई ५० वर्ष नपुगेको शिक्षित तथा अशिक्षित युवायुवतीले भाग लिन पाउँछन् । सीपमूलक तालिम प्राप्त गरेको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, शैक्षिक तथा योग्यताको प्रमाणपत्र, ऋण लिन चाहेको पेसाको पूर्ण विवरण पेस गर्नुपर्ने कोषले जनाएको छ ।
रकमको ब्याजको हकमा लगानी गर्ने संस्थाले तोकेको ब्याजदर र कोषसँग भएको सम्झौताअनुसार तिर्नुपर्ने प्रावधान रहेको छ ।
सहकारीले कर्जा प्रवाह गर्दा सञ्चालक समिति, लेखा समितिका पदाधिकारीको व्यक्तिगत र सामूहिक जमानीमा छ महिनादेखि ४२ महिनासम्मका लागि कर्जा प्रदान गर्दछ ।
कोषले सहकारीमार्फत लगानी गरेको ऋणलाई सम्बन्धित काममा नलगाई अन्य काममा लगाएको खण्डमा प्रचलित कानुन बमोजिम ऋणीबाट सावा ब्याज असुल गर्नुका साथै राहदानी नदिने, कालो सूचीमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने, सरकारबाट दिने सम्पूर्ण सेवाबाट बहिष्कार गर्ने कोषले जनाएको छ ।
कार्यक्रम प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष, कृषि कार्यालय प्रमुख, पशुसेवा कार्यालय प्रमुख, डिभिजन सहकारी कार्यालय प्रमुख, सम्बन्धित बैंकको प्रबन्धक, सहकारीको अध्यक्ष र कोषको जिल्लास्थित स्वयम् सेवक गरी सात सदस्यीय जिल्ला संयोजन तथा अनुगमन समिति गठन गरेको कोषले जनाएको छ ।
कोषले हालसम्म २५ हजार २०० बेरोजगार युवालाई रोजगार दिइरहेको छ । जसअन्तर्गत पूर्वाञ्चलमा तीन हजार ७८०, मध्यमाञ्चलमा पाँच हजार ४१०, पश्चिमाञ्चलमा दुई हजार ८६८, मध्यपश्चिमाञ्चलमा चार हजार १११, सुदूरपश्चिमाञ्चलमा दुई हजार ७३ लाई रोजगारी दिइसकेको छ । रासस

Post a Comment