रेम बिक पोखरा, चैत्र २८ / लामो समय नेपाली फिल्ममा नदेखिएका अभिनेता
रमेश उप्रेतीलाई कमब्याक गराउने फिल्म ‘ब्रासलेट’को छायाँकन शुरु भएको छ ।
पोखरा र आसपासमा फिल्मको छायाँकन हुने निर्माण यूनिटले जनाएको छ । आईतबार
देखि पोखरामा फिल्मको छायाँकन शुरु भयो ।
यद्यपी फिल्मका मुख्य अभिनेता रमेश उप्रेती भने पहिलो दिनको सुटिङ सेटमा देखिएनन् । ‘सोमबारदेखि रमेशजीले सुटिङ ज्वाईन गर्नुहुनेछ ।’ फिल्मका निर्देशक निर्मल शर्मा गैँडाले भने–‘अरु सबै टिम भने पोखरा आईसकेका छौँ ।’
पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गरेर फिल्मको औपचारिक छायाँकन शुरु भएको हो । विन्ध्यवासिनी मन्दिरपछि छायांकनको पहिलो दिन पोखराको वाटर फ्रण्ट रिसोर्टमा छायांकन भएको थियो । पोखरा आसपाससँगै फिल्म तनहुँ र काठमाडौंमा पनि छायाँकन हुने निर्देशक शर्माले बताए ।
रमेश उप्रेतीको साथमा फिल्ममा सुगम गुरागाई, अभिनेत्री नम्रता सापकोटा, रजनी केशी, सम्बृद्धि मैनाली, जया ओझा लगायतले अभिनय गर्दैछन । ‘ब्रासलेट’ प्रेमकथामा आधारित चल्ऽचित्र हो । केशव भट्टराइको निर्माणमा बन्न लागेको फिल्मलाई सुदिप बरालले खिच्दैछन् ।

Post a Comment