0
पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको अध्यक्षमा पवित्रा गुरुङ निर्वीरोध रुपमा चयन भएकि छिन् । २८ वटै वडाका महिला समन्वय समितिका महिलाहरुको दोश्रो भेलाले गुरुङको अध्यक्षतामा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा वडा नं ६का लक्ष्मी खाती, सचिवमा वडा नं १३का सत्या खनाल, सहसचिवमा वडा लनं २७ का विष्णु बास्तोला र कोषाध्यक्षमा वडा नं २३का लक्ष्मी पोख्रेल चयन भएका छन् ।
त्यस्तै अन्य सवै समन्वय समितिका संयोजकहरु स्वत समितिको सदस्यमा रहने भेलाले निर्णय गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका शहरी गरीबी ज्यूनीकरण शाखाका अधिकृत दुर्गा न्यौपानेले मिहला शसक्तिकरणका लागि समन्वय समिति आवश्यक रहेको वताइन् ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, वडा समन्वय समिति वडा नं १० का अध्यक्ष सम्मरवहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका सदस्य सिता गुरुङ, वडा नं ९का वडा सचिव लोकदर्शन कोइराला, समन्वय समितिका तर्फवाट सत्या खनाल लगायतले वोलेका थिए

Post a Comment

 
Top