0
बागलुङको निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको संविधान सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार
चम्पादेवी खड्का विजयी भएकी छन्। उनले १७ हजार १ सय ५४ मत प्राप्त गरीन् यस्तै उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी मना केसीले १५ हजार ६८ मत ल्याएकी छन्।
भोट माग्दै काग्रेस उमेद्वार चम्पादेवी खड्का
एमाओवादीका कृष्ण केसीले २ हजार ५ सय ५ मत पाएका छन्। संयुक्त जनमोर्चाका नेत्र बुढाथोकीले १९ सय ४९ मत पाएका छन्। हिजो भएको निर्वाचनमा ३८ हजार २ सय ९० मत खसेको थिए। गत निर्वाचनमा नेपाली काँग्रेसका स्व सभासद् हरिबहादुर खड्काले १३ हजार ५ सय मत प्राप्त गरी विजयी भएका थिए ।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो। दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएको हो ।

Post a Comment

 
Top