0
इनर व्हील क्लव अफ न्यूरोड पोखराले बिहीबार कास्कीको भरतपोखरी गाविसमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । शिविरमा करिब दुई हजार बिरामीको आँखा जाँच गरिएको थियो । हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरको उद्घाटन गण्डकी कलेज अफ साइन्सका प्राचार्य रवि बरालले गरेको थिए । कार्यक्रममा क्लबका अध्यक्ष उर्मिला श्रेष्ठ, शर्मिला श्रेष्ठ, कोकिल जोशी र आँखा अस्पतालका होमनाथ अर्याल लगायतले आ–आफ्नो भनाई राखेका थिए । यसैगरी क्लबले बुधबार आफ्ना सदस्यहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । क्लवले ‘नेतृत्व बिकास गरौं’ भन्ने प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष महेश दाहालले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ न्यूरोडका संस्थापक अध्यक्ष रविप्रसाद बरालले रणनीतिक रुपमा आफ्नो पोजिनस थाहापाएर काम गर्नु नै लिडरसिप भएको बताए । रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले परिवर्तन आफैबाट सुरु गर्नेपर्ने बताए ।
रोटरी डिष्ट्रीक अडिचर शरसीज पालिखेले नेतत्व विकास सम्वन्धि प्रशिक्षण कार्यक्रम निकै उपयोगि भएको बताइन् । इनर व्हील क्वल अफ रोटरी न्यूरोडका अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा स्वागत संयोजक सजनी माँजु र संचालन गीता सिग्देलले गरेकी थिइन् । प्रशिक्षण कार्यक्रममा क्लवका सदस्यहरुको सहभागिता रहेको थियो

Post a Comment

 
Top