सृजना आवासीय उच्च माध्यमिक विद्यालय सृजना चोक पोखराले २०७१ सालको एस.एल.सी.परीक्षा दिएका विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । सो विद्यालयबाट ६६ जना विद्यार्थीले एस.एल.सी.परीक्षा दिएका थिए । विद्यालयका प्रिन्सिपल डोलराज पाण्डेले विद्यार्थीको सफलताको श्रेय विद्यालय परिवारलाई जाने बताए । उनले विद्यालयबाट सिकेका राम्रा कुरा ग्रहण गर्न र नराम्रा कुरा विर्सन विद्यार्थीलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालले समयको महत्व बुझेर तथा परिवर्तनको गति संगै हिड्न सके जिवन सफल हुने बताए । विद्यालयका प्लस टु संयोजक जीवन रेग्मीले अहिलेको शिक्षा नीतिले विद्यार्थीहरु विद्यालयबाट बाहिर जान नपर्ने व्यवस्था गरेको धारणा राखे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु प्रसाद बराल, व्यवस्थापक सिता पाण्डे, सृजना एकेडेमी प्रालिका सदस्य थम बहादुर गुरुङ, शिक्षकहरु खगेन्द्र बराल, शिव बाबु त्रिपाठी, विद्यार्थीहरु राज खान, सुरेन्द्र शर्मा, प्रशंसा पोखरेल लगायतका वक्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रिति भुजेल र सन्ध्याले नृत्य प्रस्तुत गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment